देख्छु आफ्नाहरु सवतिर यहां आफ्नासंगै भाग्दछन्

 शान्ता सापकोटा २०७६ चैत १८ गते १२:३७ मा प्रकाशित


कोरोना नामको विषालु भाइरस भित्रियो संसारमा
काम्दैछ थरर आजको यो विश्व मृत्युको संत्रासमा ।
हेर्छु चोक, सारा सहरमा निदाएरझै लाग्दछन्
देख्छु आफ्नाहरु सवतिर यहां आफ्नासंगै भाग्दछन् ।
टिप्नै पो डर लाग्छ वोटमा ढोग्नलाई देउता पनि
छुनै पो डरलाग्छ सव चिज सर्छ कि भाइरस भनी ।
कामैको धपेडी हुंदा शरिर यो रनक्क ताते पनि
शंकैले खान थाल्छ मन यो, सर्यो कि भाइरस भनी ।
भाइरसका डरले रोकिए सवकाम ठप्प भो भेटघाट सव
आफ्नौ आंखा, हात, नाक, मुखको छुट्यो रे नाता अव ।
प्रकृति विजयी गर्न हिंडेको हार्यो विज्ञान लोकमा
उपचार समेत नपाइ कोरोनाको भाइरसको डुवे मानिस शोकमा ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया