भवानी राणाले प्रधानमन्त्री ओलीको किन गरिन् यस्तो तारिफ ? (भिडियोसहित)

इनेप्लिज २०७६ चैत १७ गते २३:११ मा प्रकाशित

काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि वर्तमान सरकारले चालेको कदम सही भएको भन्दै प्रशंसा गरेकी छिन् । उनले सरकारलाई निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहेको पनि विश्वास दिलाईन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो लकडाउनको अवधिमा आफूले परिवारका सदस्यहरुसँग नै समय व्यतित गरेको पनि सुनाईन् ।

उनले भनिन्,”कहिले सिनेमा हेर्छौं । कहिले नयाँ नयाँ परिकार बनाउँछौं । यसो हुँदापनि म अन ड्युटीमा छु । अहिले हाम्रो दायित्व बढेको छ । कोरनोविरुद्ध लड्नको लागि सरकारलाई सहयोग गरिरहेका छौं । अत्यावश्यक वस्तु खाद्यान्न सहज बनाउनको लागि पनि हामीले भूमिका निर्वाह गरेका छौं ।”

 बाट

प्रतिक्रिया