लकडाउनवाट प्रभावित प्रति परिवारलाई २५ केजी चामल राहत वितरण

मनोज दाहाल २०७६ चैत १७ गते १०:५३ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१७ चैत । सरकारले कोभिड–१९ प्रति सर्तकता अपनाउन लागु गरेको लकडाउनबाट विहान वेलुकी हातमुख जोर्न समस्या परेका पीडित परिवारहरुलाई आज विराटनगर –११ मा खाद्यान्न सामाग्री वितरण गरिएको छ।

विराटनगर–११ का सामाजसेवी गेहेन्द्र कार्की र दीनबन्धु गोयलले ‘लकडाउन’का कारण प्रभावित अतिविपन्न २६ परिवारलाई आज यहाँ खाद्यान्न राहत वितरण गर्नु भएको छ ।

यसरी वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ केजी चामल, पाँच केजी दाल , एक लिटर खानेतेल र एक केजी नुुन रहेका वडा सदस्य विमल पोखरेलले बताउनु भयो ।

वडाका एक सय जना विपन्न परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेपनि हुनेखाने समेत राहत लिन भीड जम्मा गरेकोको आजलाई स्थगित गरिएको छ।
दैनिक रोजगारी गर्ने, विपन्न र सुकुम्वासीलाई राहत वितरण गर्ने उद्देश्य रहेको तर लकडाउनबाट आर्थिक समस्या नहुनेहरुको अत्याधिक भीडले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रासले राहत बितरण स्थगीत गरिएको छ ।

बडामा विपन्न समूदायलाई खाद्यान्न सहयोग गर्न धेरै दाताहरु उत्सुक रहनु भएको तर हुनेखानेको भीडले समस्या परेकोले आवश्यक छानवीन र सवैको सहयोगमा भोलिदेखि सुचारु रुपमा राहत वितरण गरिने अर्का वडा सदस्य रिङकु परियारले जानकारी दिनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया