ठुलठूला शक्तिशाली देशहरु पनि हारेको छन् आज !
बैज्ञानिक साईन्टिस्टहरुले आँशु झारेको छन् आज !!
चन्द्रमामा मंगलग्रहमा मान्छे पठायौ भन्ने सान थियो!
भ्याक्सिन नबन्दा मान्छे-मान्छेमा सारेका छन् आज !!
बिस्वको स्वर्ग हो भन्थे अमेरिका को न्युयोर्क सहर !
भाइरसले भयावह रुपलिदा अचम्मित परेकाछन् आज !!
दैबको लिला भनौ राष्ट्र राष्ट्रको चलखेल को भाईरस हो
संसारै सखाप बनाउने सँक्रमण पारेका छन् आज !!
अरु बिरामी लाई सन्चो बनाउछु भन्दाभन्दै कठैबरा !
ती डाक्टर नर्स पनि बिषालु जहरले मरेका छन् आज !!
प्रतिक्रिया