प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु १० करोडको कोष स्थापना

इनेप्लिज २०७६ चैत ११ गते ११:१५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,११ चैत । प्रदेश नं १ को सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने आज निर्णय गरेको छ ।
मुख्यन्त्रीको कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट रु १० करोड रकम जम्मा निर्णय गरिएको छ।

यसैगरी वैठकले उक्त कोषमा मुख्यमन्त्री सहितमन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनु भयो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय गर्नुका साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रतिक्रिया