अफ्रिकन राष्ट्र सेशेलमा एक नेपालीको हृदय घातका कारण मृत्यु

इनेप्लिज २०७६ चैत ११ गते १०:३९ मा प्रकाशित

अफ्रिकन राष्ट्र सेसेलमा एक नेपालीको हृदय घातका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी,बराहा नगरपालिका चतराका ज्ञानेन्द्र श्रेष्ठ हुन । र उनी जुन २०१५ देखी सेसेल्समा अबस्थित सनसाइन प्रोपेर्टिजमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

गत २२ मार्च २०२० का दिन स्थानीय समय अनुसार साझंको ४.४५ बजे उनको निधन भएको हो। सदाझै आफ्नो डिउटी(काम)बाट आएर नुहाई ध्वाई गरि केहीबेर आराम पछी श्रेष्ठ ट्वाईलेट पसेका थिए।

एक्कासि उनि पसेको ट्वाईलेटबाट आवाज आएपछी साथीहरू गई हेर्दा खेरी श्रेष्ठ लडेको अस्वस्थामा साथिहरूले भेटेका थिए । र उनिलाई बाहिर निकाल्दा सम्म श्रेष्ठको मृत्यु भईसकेको उनिसगै कार्यरत नेपाली साथिहरूको भनाई छ ।

प्रतिक्रिया