मुख्यमन्त्री राईद्धारा सीमा नाकाको निरीक्षण

मनोज दाहाल २०७६ चैत १० गते २२:०० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको आज निरीक्षण गर्नुभएको छ ।

मुख्यमन्त्री राईले कोरोना भाइरसका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले आजबाट सीमा नाकाहरु बन्द गरेसँगै नाकाहरुको अवस्थाको जानकारी लिन आज झापाको काकडभिट्टास्थित नाकाको निरीक्षण गर्नुभएको हो । सो अवसरमा उहाँले नाकाको सम्पूर्ण जानकारी स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन, प्रहरीबाट लिनु भएको थियो ।

मुख्यमन्त्री राईले सीमा नाका बन्दका कारण काकडभिट्टाको सीमावर्ती क्षेत्र भारतको पानीट्यांकीमा रोकिएका नेपालीहरुको बारेमा जानकारी लिनुभयो ।

उहाँले सबै पक्रिया पुर्याएर नेपाल आउन आफूले पहल थालेको सिमामा रोकिएका नेपालीहरुलाई जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले झापाको कलवलगुडीमा निर्माण भएको क्वारेन्टाईनको निरीक्षण पनि गर्नुभएको थियो ।

यसैगरी मुख्यमन्त्री राईले मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको निरीक्षण तथा आवश्यक जानकारी लिनुभएको छ ।

मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गर्नु भयो ।

कोरोना भाइरसको विरुद्ध सबै मिलेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारले मेचीनगर नगरपालिका, कलवलवगुडी क्वारेन्टाईन र मेची अस्पतालमा आवश्यक माक्स र सेनिटाइटर उपलब्ध समेत गराएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया