प्रदेश सरकारलाई उद्योगी राउतद्वारा रु ११ लाख सहयोग

मनोज दाहाल २०७६ चैत १० गते २१:५१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१० चैत(रासस): प्रदेश नं १ को सरकारलाई विराटनगरका एक उद्योगीले कोभिड–१९ को रोकथाम तथा उपचारमा सघाउ पुर्याउन रु ११ लाख सहयोग गर्ने घोषणा आज गर्नु भएको छ।

विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले व्यक्तिगत रुपमा रु ११ लाख कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई नेपाल उद्योग बाणिज्य महासङ्घ प्रदेश नं १ समितिका उपाध्यक्ष रहनु भएका रहेका राउतले आज सहयोगको प्रतिवद्धता जनाउनु भएको हो ।

‘कोरोना भाइरसको संङ्क्रमण रोकथामका लागि सरकारको तर्फवाट भइरहेको काममा थप सहयोग होस् भन्ने उद्देश्यले नागरिक स्तरबाट आफूले सहयोग गर्न लागेको हुँ ’ उहाँले भन्नु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले प्रदेशका २३ उद्योग बाणिज्य सङ्घ प्रत्येकलाई पाँच सय मास्क र ५ लिटर सेनिटाइजर वितरण गरिएको उपाध्यक्ष राउतले जानकारी दिनु भयो

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया