नेपाल आईडलकी सज्जालाई गृहनगर पथरीशनिश्चरेमा भोटमाग्दै (भिडियो सहित)

इनेप्लिज २०७६ चैत ९ गते १८:१६ मा प्रकाशित

 


गोपाल काफ्ले पथरी,

फागुन १०

एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङकी सज्जा चौलागाई टप ४ मा पर्न सफल भएकी छन ।

मोरङ्ग पथरी शनिश्चरे–२ की सज्जा चौलागाई आफ्नो दरिलो र मिठासपुर्ण आवाजका कारण सबै दर्शकको मन जित्न सफल भएकी छिन । उनको कला र गलाको जादुले दर्शक मात्र हैन निणनायको समेत माया पाएकी छन । सज्जा हजारै प्रतिस्पर्दीलाई हराउदै नेपाल आईडल सिजन ३ की एक्ली महिला प्रतिस्पर्दी हुन ।

पथरीशनिश्चरेमा आधारभुत शिक्ष हासिल गरेकी सज्जा पारिवारिक समस्याले गर्दा बाआमा संग काठमाडौ बस्दै आएकी छन । आर्थिक अवस्था कम्जोर भएका कारण बार र रेष्टुरेन्टमा गित गाउदै भाइलाई पढाउदै आएकी छन ।

बैदेशीक रोजगारीमा रहेका उनका बुबा रोगका कारण केहि बर्ष यता घरै बस्दै आएका छन भने आमा परिवार रोजगारको सिल्सीलामा साइप्रर्समा छन । आर्थिक अवस्था कम्जोर रहेकाले सज्जा पनि रोजगारका लागि माल्टा जाने तयारीमा थिन ।

नेपाल आईडल सिजन तिन हुने भए पछि काठमाडौको पेम्बा घिसिङ दाईले एक पटक भिड भनेर हौसला दिए पछि उनको माल्टा जाने सपना नेपाल आईडलले जिती दिएको छ ।

आर्थिक अवस्था कम्जोर भएका कारण पेम्बा दाईको मार्फत बार रेष्टुरेन्ट र होटलहरुमा गाउदै घर चलाएको भाइ सविन चौलागाईको भनाई छ ।

स्कुल पढ्दै देखि गायनमा रुचि राख्ने सज्जाले काठमाडौको स्टपोल स्कुलमा कक्षा ८ मा पढ्दा भएको गायन प्रतियोगितामा तारा देवि र कुन्ती मोक्तानको हातबाट गोल्डेन मेडल (प्रथम स्थान) पाएको सज्जाका बुबा टंक चौलागाई बताउछन ।

नेपाल आईडलको टपमा पुगे पछि निर्णनायकको हातमा नहुने भएकाले सज्जाका भाई सविन र बुबा टंक सबै दर्शक र स्रोता संग कला र गलाको मुल्याङकन गर्दै सज्जालाई भोट अपिल गर्न आफ्नै गाँउ ठाँउ आएका छन ।

पथरीशनिश्चरे नगरपालिकाले पनि नगरको पहिचान गराएकोमा गैरव मान्दै सज्जा जिताउ अभियान सहयोग समिति बनाएर अघि बढ्ने भएको छ । ९ गते आईतबार नगर परिसरमा सज्जाका बाबु, भाइ, स्थानिय अग्रज र नगर प्रमुख सहितको भेलाले समिति बन्ने निर्णनय गरेको छ ।

नेपालका चर्चित रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, चितवनका केभिन तामाङ, म्याग्दीका नेसन पुनले प्रतिश्पर्धा गरिरहेका छन् ।

नेपालबाट एस एम एस, इसेवा र रेक्स्पेक्ट एण्ड राईट एप्स मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । भोटिङ प्रत्येक शुक्रबार बेलुकी ८ ः ३० बजे देखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ४ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् । भने वाइल कार्ड मार्फत थप एक जना आउने भएका छन ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन् भने होस्टमा माम्पी घोष र आशिफ रहेका छन् ।

पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए ।

प्रतिक्रिया