सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव

इनेप्लिज २०७६ चैत ९ गते ११:०६ मा प्रकाशित

सुनसरी,

सुनसरीको नमुना गाउँपालीकाको रुपमा गढी गाउपालीकाको कार्ययोजना अनुरुप विकाश निमार्णको कार्यक्रम सञ्चालन भैरहेको सुनसरीको गढी गाउपालीकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो ।

विकाश कार्यका लागी आवश्यक शिक्षा , स्वास्थ्य , यातायात र सञ्चार का लागी स्थानिय स्तरबाट जनताको साथ र सहयोग अत्याधिक रहेको बताउनुभयो । जनप्रतिनिधिले पनी जनताको पिर र मर्का बमोजिम काम कारवाही गर्न हातेमालो गरेको उहाँले बताउनुभयो । गढी गाउँपालीकाले यातायातको सुविधा र मन्दिर लगायतका पौणणिक मन्दिरलाई विशेष संरक्षण गरिएको छ ।

विभिन्न लोक उन्मुख जातजातीलाई जर्गेना गर्नका लागी उराउँ , मुस्लमान , ओम शान्तिको लागी विशेष कार्यक्रमको माध्यमबाट बजेट विनिजित गरिएको उहाँले बताउनुभयो । धार्मिक आस्थालाई विकाश गर्नको लागी आफुले विशेष योजना अगाडी बढाएर कार्ययोजना बताइएको छ ।

गढी गाउँपालीकामा पर्यटकको सङख्या बढाउनको लागी विशेष कार्यक्रम अगाडी बढाइएको र बालवालीका को लागी बाल उद्यनको लागी स्थानिय समुदाय सगँ समन्यय गरिने उहाँले बताउनुभयो । गरिव जनतालाई निशुल्क रुपमा उच्च शिक्षाको लागी र स्वास्थ्य सेवा बाट कोही पनी बञ्चित नबनुन भन्नका लागी आवश्यक रुपमा तयारी गरिरहेको उहाले बताउनुभयो ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया