एसइई परीक्षा रद्दपछि शिक्षामन्त्री के भन्छन् ? (भिडियोसहित)

इनेप्लिज २०७६ चैत ६ गते १०:५७ मा प्रकाशित

काठमाडौं, ६ चैत्र । आजबाट सुरु हुने एसईई परीक्षा हिजो सरकारले आकस्मिक निर्णय गरेर स्थगित् गरेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको बताएका छन् । उनले अहिलेसम्म नेपाल सुखद अवस्थामा भएपनि पछिल्लो गतिविधि हेर्दा भारतमा समेत कोरोनाको संक्रमण देखा पर्न थालेको र हिजो चीन केन्द्रविन्दु रहेको अवस्थामा आज अरु देश केन्द्रविन्दू भएको र अरु देशहरुपनि प्रभावित हुन थालेकोले आफूहरुले नेपालमा जम्मा हुने, भिडभाड हुने सबै कार्यक्रम रोकेको स्पष्ट पारे । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 बाट

प्रतिक्रिया