मलेसियाले पनि लगायो विदेशी नागरिकलाई प्रवेशमा प्रतिवन्ध, नेपाली कामदारहरु प्रभावित

इनेप्लिज २०७६ चैत ४ गते ३:०५ मा प्रकाशित

काठमाडौं । नेपाली युवाहरुको रोजगारीको एउटा महत्वपूर्ण गन्तव्य रहेको मलेसियाले पनि १५ दिनका लागि विदेशी नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको वढ्दो संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेसियाले प्रवेशमा प्रतिवन्ध लगाएको हो ।

मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले टेलिभिजन सम्वोधन गर्दै मार्च ३१ सम्म सवै देशका नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाएको घोषणा गरेका हुन् । यो घोषणाले घरविदामा नेपाल आएकाहरुलाई फर्कन र विदा मनाउन नेपाल आउने क्रममा रहेकाहरु प्रभावित हुने भएका छन् । मलेसियाले आफ्ना नागरिकलाई पनि विदेश भ्रमण जान रोक लगाएको हो । मलेसियामा कोरोना संक्रमितको संख्या ५५३ पुगेको छ ।

प्रतिक्रिया