स्वरूपराजले ल्याए परदेशीको मन छुने गीत

इनेप्लिज २०७६ चैत १ गते १२:०१ मा प्रकाशित

ख्यातिप्राप्त गएक स्वरूपराज आचार्यको स्वरमा “मलाई परदेशी नभन” बोलको राष्ट्रिय भावनाले बोकेको गीत हालै म्युजिक डायरीको यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शव्द रचनामा सुवास भुसालले संगीत गरेको गीतलाई पुरूषोत्तम सुबेदीले संगीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ्ग काठमान्डू स्थित अकस्टिक नेपाल स्टुडियोमा गरिएको हो ।

देश विदेशबाट मायाप्रेमका गीतहरू त दिनदिनै जसो आइरहेछन तर प्रवासी मनलाई समेट्ने गरी राष्ट्रिय भावनाका गीतहरू अलि कम नै बन्ने गरेको सन्धर्भमा प्रवासमा बसेर आफ्ना भोगाइ र अनुभूतिहरू समेटेर आफूहरूलाइ यो गीत लेख्ने प्रेरणा मिलेको कुरा बताउञ्छन गीतकार चन्द्र गिरी। अर्का गीतकार बस्ताकोटीका अनुसार विभिन्न परिवेशले गर्दा आफू जन्मेको भूगोल भन्दा पर रहे पनि भावना भरी देशको माया बोकी हिड्ने लाखौ प्रवासी मनको कुरा यो गीतमा व्यक्त गर्ने प्रयास गरिएको छ ।

म्युजिक डायरीको युट्युब च्यानलबाट आधिकारिक रुपमा गीत सार्वजनिक गर्दै म्युजिक डायरीका प्रधान सम्पादक तुलसी गिरीले यो गीत एकदमै फरक शैलिको र बिदेशमा बस्ने नेपालीको सिंगो आवाज भएकोले गीतले स्रोताहरुको माया पाउने विश्वास गरेका छन् ।

पेशाले बाताबरणविद गीतकारद्वय गिरी र बस्ताकोटीको सहलेखनमा यो दोस्रो गीत हो । “तिमी सुनन ” बोलको पहिलो गीत मेलिना राईले गाउनु भएको थियो। बस्ताकोटीको यसघि पनि गजल स्पर्श नामको एल्बम आइसकेकोछ । देश विदेशका विभिन्न सन्धर्भहरूलाई जोडेर बनाइएको र विदेशमा बस्ने हरेक नेपालीले र नेपालमा बस्ने उहाँहरुका आफन्त हरुले सुन्नै पर्ने गीतको भिडियो तलको लिंकमा हेर्न सकिन्छ:

प्रतिक्रिया