प्रदेश अस्पताल(कोशी)ले हेण्ड सेनेटाइजर र मास्कको उत्पादन शुरु

मनोज दाहाल २०७६ फागुन ३० गते १६:५५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ३० फागुन(रासस): कोभिड–१९बाट सक्रमणवाट चिकित्सक, स्वास्थ्य कर्मचारी, विरामीहरुलाई उच्च सर्तकता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आज देखि हातमा प्रयोग हुने हेण्ड सेनिटाइजर र मास्कको उत्पादन शुरु गरेको छ।

स्थानीय वजारमा सेनिटाइजर र मास्कको अभाव भएपछि अस्पतालले आफै उत्पादन कार्य शुुरु गरेको हो ।

उक्त सामाग्री निर्माणका लागि आवश्यक कच्चा पदार्थ वजारवाट खरीद गरि हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको अस्पतलका मेडिकल प्रमुख डा. संगीता मिश्राले जानकारी दिनु भयो ।

अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न केमिकलको प्रयोगगरी २० लिटर हेण्ड सेनेटाइजर उत्पादन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुुसार विभिन्न केमिकल मिसाएर सेनेटाइजर उत्पादन गर्नुका साथै एक हजार थान डवल लेयरको माक्स समेत वनाएको प्रमख डा. मिश्राले बताउनु भयो ।

अस्पतालका चिकित्सक , कर्मचारी तथा विरामीहरुलाई प्रयोग गर्नका लागि हेण्ड सेनेटाइर उत्पादन गरेको र आगामी दिन आवश्यक्ता अनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ।

अस्पताल प्रमुख डा. मिश्राले उत्पादन गरिएको हेण्ड सेनेटाइजर र माक्स सामाजिक विकास मंत्रालयका स्वास्थ्य महाशाखा प्रमुुख डा सुुरेश मेहतालाई हस्तान्तरण गर्नु भयो ।

अस्पतालले उत्पादन गरेको यी सामाग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागी सञ्चालन गरेको हेल्प डेस्कमा प्रयोग गरिने प्रमुुख डा. मेहताले वताउनुुभयो ।

हेण्ड सेनेटाइजर उत्पादनका लागि हाइट्रजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङग प्रयोग गरिएको छ ।

यसैगरी अस्पतालले कोभिड–१९ वाट संक्रमितका लागी तीन शैय्याको फिवर क्लिनिक संचालन गर्ने तयारी भइरहेको छ ।

अस्पतालले कोभिड–१९ सक्रमण विरामीको चेकजाँचका लागी ल्याव समेत संचालनमा ल्याएको छ ।

अहिले विराटनगर वजारमा सेनेटाइजर र मास्कको व्यपारीहरुले कृतिम अभावको सिर्जना गरी चार देखि पाँच सय प्रतिशत मूल्य वृद्धि गरेको उपभोक्ता राजेशसिंह डंगोलले बताउनु भयो ।

प्रदेशकों सवैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका विरामीहरुको उच्च चाप रहने गरेको छ।

अस्पतालमा दैनिक तीन हजार भन्दा ज्यादा विरामीहरु उपचारका लागी आउने गर्दछन् ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया