डर त्रासमा रुमलिएको नेपाली जनताको आवाज

पत्रकार बलराम मैनाली , लण्डन २०७६ फागुन २८ गते १५:५० मा प्रकाशित

लण्डन संवाददाता  / इनेप्लिज डट कम

लण्डन गलत छाँया परेछ अँध्यारोमा धेरै अडिन सकिन राजनितिक छोडेर बचनहरू छोडियो विकास भएन भन्दा अरिंगालले चिल्ने डर 

नेपाली जनता चुप लागेर बसिरहदा हरेक नागरिकको आत्मसम्मानमा चोट पुग्छ अब के यो समाजलाई समुनत नेपाल बनाउने भनेकोपनि एक पाप खेलहो कि ?

बिगतमा माओवादी राणाकालको घटना भन्दै अहिलेसम्म नेपाली समाजमा एउटा भनाई चर्चित छ। जुनबखत टुँडिखेलमा सेनाले परेड खेलिरहेका बेलाश्री महाराजको सवारी हुन्छ। त्यहि महाराजको  आगमनले सबै सैनिक सतर्क हुन्छन्।त्यो बेला त्यहाँ हरियो झ्याम्म परेको सीधा रूख थियो। महाराजलेसैनिक जवानलाई रूखतिर यसरी देखाउँदै सोधेछन् केटा  हो त्योरूख बांगो , हेर ? सबै सिपाहीको आँखा रूखतर्फ गयो। तर रूख कहीँ पनि बांगोदेखेनन् सिधै ठडिएको छ।अब के भन्ने ? बित्यास पर्यो त्यो बेला श्री महाराजको भनाइ विपरीत जानु भनेको मृत्युलाई तुरुन्त अंगाल्नु हो   त्यसैलेहुकुमविपरीत जाने आँट कसैमा भएन।सबैले एकै स्वरमा भने हो महाराज रूख बांगो छ।सही आदेश बक्सियो।त्यहि समय एक जना इमानदारसिपाहीको चित्त बुझेन रहेछ उसले दुस्साहस गरेछ श्री महाराज मेरो गर्धन चिलाएको हो कि ? महाराजको आँखा फुटेको हो ? रूख बांगो छैन ! सीधाठडिएको   जो हुकुम महाराज भन्दै  सलाम ठोके छन् । त्यहाँ भएका सिपाही उसको दुस्साहस देखेर तुरून्तै तिल्मिलाएछन्।

अब के हुने हो ?साँचो बोल्दा आफ्नै देशबाट लखेटिने वा मारिने डर,अनि नबोल्दा महाराज सरासरी झुठो बोलेर सबैलाई चरम बेवकुफ बनाईरहेका छन्।आज यहाँको सारा समृद्धि विकास त्यही इमानदार सिपाहीको जस्तै यो मनोदशाबाट गुज्रिएको छ।विकास भएन भन्दा अरिंगालहरुले चिल्ने  डर , नबोली चुप लाग्दा नेपाली जनताको आत्मसम्मानमा चोट पुग्न जान्छ। त्यो इमानदार सिपाही ,जसले साँचोबोलेर देशवासीको प्रतिनिधित्व गर्‍यो अबका जनता जे भन्यो त्यही मान्ने कमारा चै होइनन् भन्ने दृष्टान्त पेस गर्‍यो।आजको गणतन्त्रमानै लोकतन्त्रसम्म आइपुग्दा यस्तै नागरिकहरुले त्यहीसिपाहीको नियति भोग्न वाध्य हुनुपरेको छ।

सामान्यतया विकास नै भन्नाले आम जनताले जिविकोपार्जनकालागि चाहिने आवश्यकता परिपूर्तिलाई जनाउँछ।जहाँ सर्वसाधारणको जीवन धान्नअसहज नहोस् शिक्षा क्षेत्राधिकार, खानेपानि स्वास्थ्यलगायत आधारभूत वस्तु उपभोग गर्न सहज सुलभ होस्।रोजगारीको प्रत्याभूति राज्यलेगरिदियोस।यहा तब मात्र नागरिकले विकासको अनुभूति प्राप्त गर्छन्। ठूलाठूला महल ठडिनु,केही सानाउद्योग व्यापारिक कम्प्लेक्स निर्माण हुनु, योसहरमा बस्ने केही व्यक्ति सुकिला मुकिला देखिनु मात्र विकास हुँदैन।जनताले अभावबाटनै मुक्त भई स्वतन्त्र ढंगले गरिखान पाउनुलाई आजकोविकासको खुटकिलो मानिन्छ।तर यो अन्यथा विकास समृद्धिको अर्थहीनबोलीलाई यिनै नागरिकले पत्याउने आधार हुँदैन।आज देशमा यस्तै अर्थहिन  ढर्राको आत्मरतिमा रमाउन हाम्रा राजनीतिका पारखी उद्यत छन्

राष्ट्रका १० प्रतिशत कार्यकर्ता , सबै व्यवसायी  अनलाईन पत्रकारहरु इमान्दार भएर लेखन गर्ने हो भने सबै राजनीतिक दलहरु सिद्वने निश्चित   बेइमानले बेइमानीकै लागि बेइमानको जयगान नै गर्दा पनि भुइँचालो आएको अवस्था छ। यहा हरेक नेता  निकाय भ्रष्ट रहेको सबै नेपाली जनतालाईथाहा तर पनि दलदास बनेर हामी ढालका रूपमा उभिन्छौं आफै चुसिइएर पनि चुस्नेको जय भन्ने हाम्रो चेतनालाई धिक्कार छ।

पत्रकार बलराम मैनाली , लण्डन

प्रतिक्रिया