केकी अधिकारी र पुष्कर बरालको अभिनयमा नयाँ गजल गीत

इनेप्लिज २०७६ फागुन २७ गते २२:१९ मा प्रकाशित


-न्युयोर्क ।  केहि बर्ष देखि बिश्वको ध्यान तान्ने सहर न्युयोर्कमा धेरै नेपाली गीतका म्युजिक भिडीयो र फिल्मका सिनहरु सुटिङ्ग हुन थालेका छन। नेपाली कला प्रेमिहरुको बसाई बाक्लिन थालेपछी यस्ता सुटिङ्ग हरु भईरहेको कला प्रेमीहरु बताउछन । डेढ़ दशक देखि साहित्यलेखनमा सकृय पुष्कर बरालको शब्दमा करोडौका लोकप्रिय गायक बादलुको घुम्टोले, निष्टुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता सयौ हिट गीत नेपाली साँङगीतिक बजारलई दिन सफल उनै गायक यम बरालको अर्को नयाँगजल गीतहलचल जीन्दगीमा भर्खरै युटुबबाट स्रोता माझ आएको छ । जादुमयी स्वरका धनि यम बरालले यो गजल गीतमा आफै संगीत भरेका छन्।

यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,

किन झर्छ आसु यहाँ पल-पल जिन्दगीमा…

यिनै र यस्तै यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बह हरुलाई पुष्कर ले शब्दमा बुनेका छन् । गीतमा आँशुका कुरा छन् , प्रेमका कुराछन् बिछोड र उदासिपनका कुरा छन् । मान्छे जीवनमा एक न एक रुपमा एक्लो बन्छ र उसको जिन्दगीमा कस्ता कस्ता पिडाका बाढिहरुउर्लन्छन् भन्ने कुरालाई गजलकार गीतकारले शब्दमा एकदमै मार्मिक ढङ्गले उतार्न सफल भएको देखिन्छ ।

भिडीयोमा पछिल्लो समय अभिनयमा निकै ब्यस्त रहेकी नायिका/ मोडल केकी अधिकारी र गजलकार पुष्कर बराललाई भिडीयोमा देख्नसकिन्छ भने भिडीयोमा कृश थापा र पृन्साले पनि सघाएका छन् ।

ओएसआर डिजीटल युटुब च्यानलबाट बजारमा आएको यो गजल गीतलाई बिक्की पुलामी मगरले भिडीयो निर्देशन गरेका छन् भने प्रज्वल पन्तले भिडीयो खिचेका हुन ।

म्युजिक भिडीयो हेर्नको लागी :

 

प्रतिक्रिया