‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन

इनेप्लिज २०७६ फागुन २७ गते २१:५१ मा प्रकाशित

आदरणीय पत्रकार मित्रहरु,

सर्वप्रथम, फिल्म ‘नीरफूल’ लाई अहिलेसम्म यहाँहरुले पुर्याउनु भएको साथ र सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

फागुन ३० को पुर्वनिर्धारित रिलिज मितिबाट हामीले ‘नीरफूल’लाई चैत ७ मा सारेको यहाँहरुलाई विदितै छ । चैत ७ लाई नै केन्द्रमा राखेर ट्रेलर र नयाँ पोस्टर सार्वजनिक सँगै प्रचार–प्रसार अभियान समेत जारी राखिरहेको बेला विश्वव्यापी रुपमा संक्रमण बढ्दै गइरहेको कोरोना भाइरसको त्रासले हामीलाई पनि गम्भीर बनाएको छ ।

सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि ‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं । यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अतः फिल्म ‘नीरफूल’ आगामी चैत ७ गते रिलिज नहुने जानकारी गराउँदै स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जानकारी गराउन चाहन्छौं ।

निरन्तर साथ–सहयोगको अपेक्षा सहित,
धन्यवाद !

फूलमान वल
निर्देशक
फिल्म ‘नीरफूल’

प्रतिक्रिया