लक्जम्बर्गले सुरु गर्यो संसारकै पहिलो निशुल्क सार्बजनिक यातायात सेवा

इनेप्लिज २०७६ फागुन १८ गते ११:५० मा प्रकाशित

युरोपको सानो देश लक्जम्बर्गले संसार कै पहिलो निशुल्क सार्बजनिक सेवा सुरु गर्ने भएको छ । भोलि आइतवार २०२० मार्च १ गते देखि सुरु गर्ने सार्बजनिक यातायातमा सर्बसाधारणले निशुल्क यात्रा गर्न पाउने छन्।

राष्ट्रिय रेल सेवाका प्रथम श्रेणीमा र केहि रात्रि बसमा भन्दा बाहेक अन्य सम्पूर्ण ट्राम, बस, रेल लगायतमा यो सुबिधा प्रदान गरिने भएको छ। तुलनात्मक रुपमा सानो र ६ लाख २२ हजार मात्र जनसंख्या भएको युरोपेली देश लक्जम्बर्ग सम्पन्न र धनि देशमा गनिन्छ।

यहां काम गर्नको लागि फ्रान्स, बेल्जियम लगाएतका देशबाट कामदारहरु आवतजावत गर्ने गर्दछन । ति श्रमिक र आफ्ना नागरिकले प्रयोग गर्ने निजि कार र त्यसबाट हुने जाम,प्रदुषण घटाउन र सार्बजनिक यातायात प्रयोगमा आकर्षण बढाउनको लागि यो योजना ल्याइएको बताइएको छ। यसको लागि लाग्ने करिब ४१ मिलियन युरो सरकारले करबाट प्राप्त रकम प्रयोग गर्नेछ।

युरोपको धेरै बहुसांस्कृतिक देश भनेर चिनिने लक्जम्बर्गमा ४६% विदेशी निवासीहरू, करिब १७० जति बिभिन्न राष्ट्रियता भएकाहरु बस्ने र काम गर्ने गर्दछन । विश्वको सब भन्दा सानो देश र सबैभन्दा धनी मध्ये एक हो। यो देश एक अति अल्ट्रा-आधुनिक ग्लोबल वित्तीय क्यापिता भएको र यूनेस्को विश्व सम्पदा साइट पर्नेमा देश हो ।

प्रतिक्रिया