ईञ्जा जापान गठन

इनेप्लिज २०७६ फागुन १७ गते १९:०६ मा प्रकाशित

जापानमा विभिन्न सचारमाध्यमहरुमा आवद्ध नेपाली पत्रकारहरु आवद्ध रहि (ईञ्जा) जापान च्याप्टर गठन गरिएको छ। ईञ्जा स्थापना दिवसको अवसर पारेर एसिया कमिटिका उपाध्यक्ष समेत रहेका आनन्द कोइरालाको अध्यक्षतामा (ईञ्जा) १७ सदस्यीय जापान समिति गठन गरिएको हो।

जापान च्याप्टर उपाध्यक्षद्वयमा राजबिन थापा र राजन गौतम, सचिवमा दिपक गौतम रहेका छन भने सदस्यहरुमा क्रमश खडग गुरुङ, पूर्ण चलाउने, नारायण रिमाल, शान्त पहरी, विरेन्द्र केसी, खगराज गौतम, सचिन आचार्य, किरण पाण्डे, विश्वास आचार्य, इन्दिरा खनाल, निशान राना, राम तामाङ र लक्ष्मी पौडेल रहेका छन।

यस्तै जापान च्याप्टरको सल्लाहकारमा जिज्ञानकुमार थापा, चन्द्र खनाल, कविकिरण न्यौपाने र मोहन घलेलाई चयन गरिएको छ। नव गठिन समितिले ईञ्जाको विधानमा रहि एकवद्ध हुदै नेपाली समुदायको हितका लागि काम गर्ने प्रतिवद्धता राखेको छ।

प्रतिक्रिया