आइतबार, चैत १६ २०७६
काठमाडौं २३:२७
वासिङटन डिसी 13:42

ओलीजीको प्रधानमन्त्रीबाट छिट्टै बर्हिगमन हुन्छ- डा. लोहनी

इनेप्लिज २०७६ फागुन १७ गते ११:५० मा प्रकाशित

काठमाडौं, १६ फागुन । डा.प्रकाशचन्द्र लोहनी, राप्रपा संयुक्तका अध्यक्ष हुन् । उनीसँग पञ्चायतकाल देखिको राजनीतिक अनुभव छ । राजनीतिक विश्लेषणमा समेत पोख्न लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पाखण्डपनको आरोप लगाएका छन् । ओली सनकी स्वभावको भएको भन्दै छिट्टै सरकार ढल्न सक्ने बताएका छन् । लोहनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

देशको राजनीतिलाई कसरी समीक्षा गरिरहनुभएको छ ?

भद्रगोल, लोभी र पापीहरुको संगमले गर्दा नेपालको राजनीति भद्रगोल भएको छ ।

कसरी भद्रगोल भयो त ?

जब मान्छे धेरै अहंका बढेर जान्छ । अहंकार बढेर गएपछि बुद्धि हराउँदै जान्छ रे । बुद्धि हराएपछि विबेक पनि हराउँछ र विवेक हराइसकेपछि मान्छेको पतन हुन्छ भनेर धर्म शास्त्रमा भनिएको छ । नेपालको अहिलेको राजनीति त्यही दिशामा गएराखेको छ ।

दुई तिहाई बहुमत सरकार हुँदाहुँदै पनि नेकपाभित्र मतभिन्नता देखिन थालेको छ के कारणले होला ?

त्यही हो, अहंकारले गर्दा त्यस्तो भएको हो । यत्रो बहुमतको सरकारको प्रधानमन्त्री मलाई कसले प्रश्न गर्न सक्छ भनेर हाम्रो प्रधानमन्त्रीमा सीमा नै नाघिसकेको छ । त्यसैले उहाँमा के ठीक र के बेठीक भन्ने बुद्धि घट्दै गएको छ । अहंकारले रिस बढाउँछ, त्यसले बुद्धिमा ह्रास ल्याउँछ । त्यसले निर्णय क्षेमता र विवेक भन्ने हराएर जान्छ ।

प्रधानमन्त्रीलाई अहिले समस्या के हो ?

उहाँको चिन्तन र समस्याहरु के के हुन् भन्ने कुरा उहाँले हिजो गरेका व्यवहारबाट पुष्टि भइसकेका छन् । उहाँका नजिकका साथीहरु पनि कि हामीले भनेको मान होइन तिमी टाउकाले टेकेर गर्नुपर्छ भनेर लागेका छन् । आपूmले भनेको नभएपछि मान्छेलाई रिस उठेर आउँछ, त्यो झोकमा देश अराजकतातिर जान्छ ।
भानुभक्त ढकालले त प्रधानमन्त्रीलाई धेरै विकल्पहरु छन् भन्नुभएको छ नि ?

उहाँहरुसँग के के विकल्प छन् । त्यो त हेरिसकियो । उहाँको पार्टीलाई जनताले बहुमतको मेजोरेटी दिएका हुन् । त्यो एकजना व्यक्तिलाई होइन पार्टीलाई दिएका । पार्टीको निर्णयलाई लत्याएर पार्टी भनेको केही होइन । जहाँ मैले देखेको सबैको मालिक मैहँु भनेर हिड्ने जुन मनस्थिति छ । जसरी पछिल्लो भ्रष्टाचारको एउटा घटना घटेको त्यसलाई पनि निकृष्ट संरक्षण दिएर भ्रष्टार र भ्रष्टाचारीको संरक्षकको रुपमा प्रधानमन्त्री आइरहनुभएको छ । त्यस्तो स्वभावका भएकाले उहाले द्वन्द्व गर्दा के हुन्छ र कोही जित्छ, कोही हार्छ । अभवा भताभुङ्ग हुन्छ ।

भानुभक्तले त युवराज खतिवडामै प्रधानमन्त्री भन्नुभएको छ नि ?

त्यहित पार्टीले एउटा निर्णय गर्ने त्यसलाई म मान्दिँन भन्दा त द्वन्द्व भइहाल्छ नि । जनताले मत दिएका पार्टीलाई हो । मेरो व्यक्तिगत प्रधानमन्त्रीजीसँग कुनै आग्रह, पूर्वाग्रह केही छैन । तर अहिले प्रधानमन्त्री भ्रष्टाचारीहरुको संरक्षकको रुपमा देखिनु भएको छ । यथार्थलाई नबुझेर न्यूक्लियर्स जस्तो नांगो देखिइसक्नुभएको छ । अब उहाँलाई पार्टीले कसरी तह लगाउँछ भन्ने कुरा हेर्दै जानुहोस् ।

प्रधानमन्त्रीको स्लोगन नै छ नि ‘म कसैलाई भ्रष्टाचार गर्न दिन्न आपूm पनि गर्दिैन’ भन्ने उहाँको स्लोगन नै छ नि ?

जतिसुकै पागल मान्छेले पनि आपूmलाई म ठीक छु नै भन्छन् नि । सबैथोक त्यागेर लामा–लामा दाह्री कपाल पालेरका जोगीहरुका पनि भ्रष्टाचार र रेप केश त छन् । आफ्नो पाखण्डपनलाई कसैले नचिन्ने हो भने, त्यसलाई के भन्नु ।

यो सरकार पाँच वर्षसम्म काम गर्न नसक्ने ठाउँमा पुगेको हो ?

सम्माननीय प्रधानमन्त्रीले नै अब पनि निरन्तरता पाउनुहुन्छ जस्तो मलाई चाहीं लाग्दैन । उहाँका वरिपरि बसेर भागबन्डा खानेले समर्थन गरिहाल्छन् नि । उनीहरुले उहाँलाई कहाँ हामी कमजोर छौ भनेर त सन्काउलान् । यसरी नै सन्किँदै जानुभयो भने उहाँको बहिरगमनको सम्भावना अत्यन्तै देखिएको छ ।

बहुमतको सरकारमा संकट आयो भने राजनीति अस्थिरता निम्त्याउँदैन ?

संकट भनेकै जब नेतृत्वमा पाखण्डीपन बढेर जान्छ, त्यसपछि संकट आउने त हो नि । संकट आउने अवस्था आयो भने तपाईंहरुले यस्तो आएको छ भनेर बाटो देखाउने हो । त्यहाँ देखेको कुरा भन्दिने हो । हिजो गिरिजाबाबु पनि २०४८ सालमा शक्तिशाली भएर आउनुभएको थियो । पछि बढारिएर जानुभयो ।

संविधान संशोधन गरेर भएपनि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने बहस सही कि गलत ?

एकजना व्यक्तिको लागि संविधान नै संशोधन गर्ने भन्ने कुरा त पागलपन नै हो । यो संविधानलाई यो हाम्रो खेलौना हो । यसलाई हामीले जे पनि हुन्छ भन्ने अर्को घमण्डी र पाखण्डपनको उदाहरण हो । मेरो वामदेवजी व्यक्तिगत कुनै रिसराग होइन भोलि चुनाव लडेर बहुमत ल्याएर उहाँ नै अहिलेको संविधान अनुसार प्रधानमन्त्री भए म पनि ‘नमस्कार प्रधानमन्त्रीजी’ भनौंला । तर, अहिले एक जना व्यक्तिको लागि संविधान संशोधन गर्ने भनेको चाहीं पाखण्डीपन हो, यो काम छैन । त्यो अर्थमन्त्री नभइकन मेरो सासै अडिँदैन, त्यसको लागि पार्टी नै ध्वस्त पार्छु भन्ने हो भने ध्वस्त हुन्छ ।
संसद् छलेर इन्धनमा थेग्नै नसकिने कर बढाइएको छ, अब के गर्ने ?

कर घटाउन चाहीं सरकारले मिलाएर संसद् छलेर पनि गर्न सक्ला । तर, कर बढाउन त संसद्को स्वीकृति लिनुपर्छ । त्यसकारण उहाँले सुटुक्क कर बढाउनुभएको छ भने त्यसले जनतालाई मार हुन्छ । त्यसै संसद्को स्वीकृति नलिइकन पाइँदैन । अहिले त के पाइने के नपाईने भन्ने नै भएन नि । कानुन खेलौना बनाएर श्री ३ हरुको सरकार जस्तो बनाएपछि जे गर्दा पनि भयो नि । तपाईंले जुनसुकै शीर्षकमा भन्नुहोस् । कर बढाउनका लागि संसद्मार्पmत जनताबाट स्वीकृति लिनुपर्छ । अहिले फेरि संसद् चलिरहेको छ, त्यहाँबाट स्वीकृति नलिइकन आपूmखुसी कर बढाउने हो भने यो त श्री ३ को राज भयो ।

राष्ट्रपति पनि समृद्धि ल्याउने भनेर सुदूरपश्चिम जानुभएको छ नि ?

उहाँ त झन् सबै जनतालाई विदा दिएर उत्तरकोरियाको किम जोङ नै हुनुभएको छ नि । राष्ट्रपतिजी त्यहाँ गएपछि सबै ठीक हुन्छ भनेर सारा सरकारी अफिस, स्कुल, कलकारखाना बन्छ गरेका छन् । सबै छुट्टी दिएको त्यहाँ अहिले संसरै भगवान नै उल्टिएको जस्तो भएको छ । यसले प्रधानमन्त्री, राष्ट्रपति, मूख्यमन्त्री सबै श्री ३ हुन लागेका छन् ।

हिजो अर्थमन्त्रीले त अब ५० प्रतिशत मात्रै होइन ९० प्रतिशत खर्च हुन्छ भन्नुभयो नि ?

काम गर्ने समय छैन । असार महिनामा जस–जसलाई मन लागेको उस–उसलाई बाँडिदिए भइहाल्छ नि । खर्चै गर्नलाई कुनै योजना, कार्यक्रम ल्याउनुपर्ने होइन क्यार । प्रधानमन्त्री, अर्थमन्त्रीका इच्छा लागेका जो–जो छन् उनीहरुलाई बाँडिदिए हुन्छ । त्यसलाई फेरि लौ तपाईंहरुले जे गर्नुभएको छ, ठीक छ, भनेर औपचारिक निभाएर प्रतिपक्ष बसेको छ । यसले त अहिलेको सरकार दुरुस्त कसैप्रति उत्तरदायी नभएको श्री ३ जस्ता सामन्ति शासक भएको छ ।

अहिले राजनीति जोड–घटाउको कुरा गर्दा तपाईंहरु पनि केही गर्न नसक्ने अवस्थामा हुनुहुन्छ नि ?

पहिरबाट हेर्दा केही कुरा मिलेन भने त्यसको आलोचक हुन्छ । फेरि आलोचक पनि दुई प्रकारका हुन्छन् । एउटा ध्वंसत्मक र अर्को रचनात्मक हुन्छ । हाम्रो आलोचना जहिले पनि रचनात्मक छ । त्यसलाई जुन रुपमा उहाँहरुले लिनुहुन्छ लिनुहोस् ।

अब नेपाल, भारत, अमेरिका र चीनको सम्बन्ध कुन अवस्थामा छ ?

सबैतिरको सम्बन्ध यति बेला गोलमाल अवस्था देखेको छु । अमेरिकासँगको सम्बन्ध पनि उहाँहरुले के सुरमा सही गरेर आउनुभयो । पहिला सही गरेर आउँदा प्रदीप ज्ञवालीहरु नै ठीक–ठीक छ भन्नुहुन्थ्यो । अहिले फेरि होइन यो त संशोधन नगरी हुँदैन भनेर परराष्ट्रमन्त्रीले नै रिपोर्ट दिनुभएको छ भन्ने सुनेको छु । चार÷पाँच दिन अगाडि सम्म यो त नगरी हुँदैन । सबै कुरा ठीक छ भन्दै हुनुहुन्थ्यो । अहिले आएर परिमार्जन नगरी हुँदैन भन्नुहुन्छ भने के उहाँहरु भाङ खाएर बस्नुभएको छ भन्या ? जनतालाई किन झुक्याएको ? कि शिबरात्री अगाडिसम्म सबै ठीक छ भन्ने अनि शिवरात्रीपछि सबै भाङ खाएर बस्ने हो र ?

अमेरिकी अनुदान लिनुपर्छ हो ?

लिनुपर्छ कि पर्दैन भन्नेमा नेपाल एउटा अल्पविकसित देश हो । अनुदान पनि लिन्छ, ऋण पनि लिन्छ सबै कुरा नेपालले लिन्छ नि । मित्रराष्ट्रहरु सहयोग गर्छु भनेकोमा कुनै आपत्तिको कुरा होइन । यहाँ त हिजोसम्म ‘हामीले लिने सहयोग लिनुपर्छ, त्यो नेपालको हितमा छ, त्यसमा कुनै तलमाथि भएको छैन’ उहाँहरु भन्दै हुनुहुन्थ्यो । त्यसलाई पास गराउनको लागि कमिटी बनाउनुहुन्छ । फेरि त्यही मान्छे यो त हुँदैन, परिमार्जन गर्नुपर्छ भन्छ भने यो भाङ खाएको होइन ? हिजो सही गर्ने बेलामा भाङ, धतुरो खाएर बस्नुभएको थियो उहाँहरु ? यस्ता दुई जिब्रे कुरा गर्ने मान्छे सत्तामा बस्न सुहाउँछ ? पदमा बस्न सुहाउँछ, नैतिकता भन्ने छ कि छैन उहाँहरुसँग ?

नेपालको परराष्ट्र नीतिमा सन्तुलित व्यवहार भएन हो ?

परराष्ट्र नीतिमा अरु देशसँग विश्वास जित्ने वातावरण नै यो सरकारले बनाउन सकेको छैन । अरु ठूला मुलुकसँग हामीले यिनीहरुले साना छन् । यिनले हामीमाथि विश्वास घात गर्दैनन् भनेर विश्वास दिलाउन सक्नुप¥यो । परराष्ट्र नीति भनेको सून्यमा चल्ने कुरा हुँदैन, त्यहाँ मान्छे हुन्छन् । देश र मान्छेमा आकांक्षाहरु हुन्छन् त्यसबीचमा आफ्नो देशहितमा हुने गरी सन्तुलन ल्याउने हो । त्यो क्षमता यो सरकारमा देखिएको छैन । हिजोसम्म यो देशका परराष्ट्रमन्त्री, प्रधानमन्त्री यो संझौता देशको हितमा छ । ठीक ऋण लिनलाई तपार्इं बैंकमा जानुहुन्छ लिनुहुन्छ कुन आपत्तिको कुरा भयो ।

मोदी र ट्रम्पले पाकिस्तानको आतंकवादविरुद्ध लड्ने सहमति गरेनी किन ?

अमेरिका र भारतले के सहमति गरे भन्नेतिर नजाउँ । उनीहरुले नेपालको सार्वभौम, राष्ट्रिय अखण्डता र स्वतन्त्रताविरुद्ध सहमति गर्छ भने त्यतातिर जाऔं । अरु कुरामा के सहमति गर्छन् । यदि त्यस्ता सहमति भएको छ भने दुई देशबीचको सहमति हो । त्यसमा हामीले धेरै टाउको दुखाउनुपर्ने काम छैन ।

पाकिस्तानविरुद्ध एक भएर जाने अमेरिका र भारतको रणनीति आयो नि ?

आज भारत र अमेरिका मिलेर पाकिस्तानको विरुद्धमा जाने भने होलान् । भोलि फेरि भारत अमेरिका मिलेर इराकमाथि के गर्ला त्यसमा हामीले किन टाउको दुखाउने । तर, कुनै पनि दुई देशबीच सहमति हुँदा नेपालको स्वाधिनता, राष्ट्रियता र स्वतन्त्रतामाथि आँच आउने कुरा छन् भने त्यसको विरुद्ध तुरुन्त बोल्नुपर्छ । त्यसमा सर्तक भएर हेर्नुपर्छ त्यति हो ।

प्रतिक्रिया