प्रदेश न १ को पर्यटकीय क्षेत्रको विकाशमा लागी पर्ने छौ :राज्यमन्त्री विजया कुमार विश्वास

इनेप्लिज २०७६ फागुन १२ गते ३:३० मा प्रकाशित

उद्योग , पर्यटन बन तथा वातारण मन्त्रालय प्रदेश नम्वर १ का राज्यमन्त्री विजया कुमार विश्वासले नेपाल भ्रमण बर्षलाई सफल बनाएर छाड्ने बताउनुभएको छ । प्रदेश न १ भित्रका धार्मिक , सास्कृतिक तथा पर्यटकिय स्थलहरुको प्रर्वद्धनका लागी प्रदेश सरकार निरन्तर लागी परेको बताउनुभयो ।

प्रदेश न १ धेरै पर्यटकिय सम्भावना भएको क्षेत्र भएकाले पनी तदारुकताका साथ पर्यटकिय क्षेत्रको विकाश र विस्तारमा लागी परेको बताउनुभयो । धार्मिक क्षेत्र हलेसी , बराहक्षेत्र , पिण्डेश्वरी , पाथिभरा जानका लागी पदयात्रा र धार्मिक पर्यटकको सुविधाको लागी विशेष योजना अगाडी सारिएको उहाँले बताउनुभयो । सगरमाथा , मकालु , लगायतका क्षेत्रमा पर्यटकको चाप बढी हुने क्षेत्रमा होटल ब्यावसाय लाई सुविधा सम्पन्न बनाउनको लागी कार्ययोजना अगाडी अगाडी ल्याएको बताउनुभयो ।

प्रदेश सरकाले ३ अर्व ८३ करोड पर्यटन क्षेत्रका लागी ४२ प्रतिशत बजेट विनियोजन गरेर १७ बटा कार्यक्रमलाई केन्द्रित गरेर अगाडी बढाएको उहाँले बताउनुभयो । पर्यटन वर्षलाई तिन जिल्लाको संगम तिनजुरे मिल्के क्षेत्रमा पाइने २८ प्रजातीका गुराँस क्षेत्रमा पर्यटकलाई आकर्षण बनाउनको लागी चैत्रमा महोत्सव आयोजना गर्ने र त्यस क्षेत्रको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनको लागी विशेष तयारी गरेर लागी परेको उहाँले बताउनुभयो ।

प्रदेश न १ मा सम्भावनाको दृष्टिकोणले अधिक पर्यटक भित्राउनको लागी व्यावस्थित ढंगले धार्मिक तथा पर्यटकिय स्थलमा पदयात्रा , यातायत , सञ्चार , पर्यटकिय क्षेत्रमा होम स्टेको व्यावस्था गरेको छ । स्थानिय कला र सस्कृतिको संरक्षण गदैँ पर्यटकिय स्थलमा रहेका जनताको जिवन स्तर उठाउनको लागी विशेष पहल गरिने भएको छ । भेषभुषा कला र सस्कृति झल्काउने विभिन्न प्रस्तुती देखाएर बाह्य पर्यटकलाई आकर्षित गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया