पाइला पाइला नापी हिडें
तिम्रो ढुकढुकी छामी हिडें
धेरै भएको थियो तिमीलाई नछोएको
तिम्रो काखमा घोप्टिएर धोको फेरि नरोएको
वर्षौं पछि भेट्दा पनि तिमी उस्तै रहिछौ
मेरो नै आउने बाटो कुरि बसेकि रहिछौ
केहि क्षणको हाम्रो भेट
तिम्रो म प्रतिको घुर्की
मेरो तिमी प्रतिको न्यास्रो
तिम्रो म प्रतिको आरोप
मेरो तिमी प्रतिको लगाव
यस्तै यस्तै तिम्रो र मेरो भेट
जहाॅ एउटा नलेखिएको कथा थियो
त्यहॅा एउटा नदेखिएको व्यथा थियो
जे थियो त्यो तिम्रो र मेरो एउटै थियो
जे भने पनि हामी दुबैको मन भेट्न ब्यग्र थियो
तिम्रा मायालु नजरले मलाई नियाली रह्यो
मेरा प्यासी अधरले तिम्रो वात्सल्य पिइ रह्यो
सॅाच्चै पाइला पाइलामा तिमीलाई छुंदै हिडें
प्रत्येक सासमा तिमीलाई चुम्दै हिडें
कति महान थियो तिम्रो साथ
जसले मलाई जीवनभर जिवन्त राख्छ
साॅच्चै नै वलवान छ तिम्रो याद
जसले मलाई मनभरि खुशीले भरि दिन्छ
यस्तै यस्तै मनोरम तिम्रो मेरो भेट थियो
मुटु जति रमे पनि दिमागमा उहि पेट थियो
तिमीलाई मनमा नै सजाएर
तिम्रो यादलाई आंखामा भरेर
एउटा स्वच्छ स्वास साटि फर्कि आएं
एउटा मिठो साथ विताइ फर्कि आएं
शीरदेखि पाउसम्म तिम्रै माया बोकि आएं
सुटुक्क हेर्न मन भरि तिनै याद बोकि आएं
प्रतिक्रिया