नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।

इनेप्लिज २०७६ फागुन १० गते १५:५६ मा प्रकाशित


काठमान्डाँ , फागुन १० ।

सामाजिक विषय बस्तुमा निमार्ण हुन लागेको नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक भएको छ । नेपाली समाजको बास्तविक जनजिविकालाई ”तक्दिर ” चलचित्रमा समावेश गरिने चलचित्र ”तक्दिर ”का निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

कला राईको प्रस्तुतीमा निमार्ण हुने चलचित्रको आज काठमान्डाँैमा एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो । चलचित्रमा राजेन्द्र बजगाइ र पुरुषोत्तम न्यौपाने को संगीत , नित्याशिवा, पुरुषोत्तम र राजेन्द्र को आवाज रहने भएको छ ।

देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य र छायांकन मा यसै चलचित्रबाट कृष्ण पाण्डे ले प्रवेश गर्ने भएका छन । साथै सोही कार्यक्रममा मेरो दिल छ पोखरामा को विशेष शो प्रस्तुत गरिएको थियो गरिएको थियो । कार्यक्रममा मेरो दिल छ पोखरामा रहेका प्राविधिक तथा कलाकारहरुलाई कला राई र गायिका नित्याशिवाले सबै कलाकार र प्राबिधिक हरु लाई दोसल्ला ओढाएका थिए ।

चलचित्रमा राजु पौड्याल ,रोशन बिसि,गङा कुवर, हेमलता घिमिरे, विशाल सुनुवार ,लक्ष्मण भण्डारी ,दिप कुलुङ,राजन महर्जन ,देव महर्जन ,राज कुमार कुवर गायिका नित्याशिवा, पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगसी को उपस्थिति रहेको कार्यक्रम मा दर्शक हरुको बाक्लो उपस्थिति देखिन्थ्यो ।

प्रतिक्रिया