गजल -:सन्दर्भ भ्रष्टाचारको

शारदा क्षेत्री २०७६ फागुन ९ गते १:५० मा प्रकाशित

 

कोरोना भाईरस जस्तै डेन्जर भाईरस भ्रष्टाचारको
सुन्दै डरलाग्दो अरब करोड भ्रष्ट गर्ने अत्याचारको

भित्रभित्रै सेटिंग गरि भागबन्डा मिलाउने रहेछन्
जनतालाई बुझ्नै गाह्राे मिलिमतो मन्त्री र सरकार को

तेसैलेत सरकारमा पुगेपछि नातागोता चयन गर्छन्
लाजैनमनि कुनमुखले भाषण गर्छौ मन्त्री लोकाचारको

मिडियाले थाहा पाएर पत्रपत्रिकामा बाहिर ल्यायो भने
निष्कासन गरि जागिर बाट बर्खास्त गर्छौ पत्रकारको

शक्ति र सत्तामा हुदोरहेछ अनियमित काम कर्रुरत सबै
पालैपालो होडबाजीमा भ्रष्टगर्छौ अरब-अरब कारोबारको

सोझा जनतालाई झुक्याएर पोष्ट र कुर्सी समाले पछि
निरंकुस तानाशाही बन्दै मनतन्त्र चलाउदै मारामार को

रचना :- शारदा क्षेत्री हाल अमेरिका ।।

प्रतिक्रिया