शनिबार, मंसिर १३ २०७७
काठमाडौं ११:११
वासिङटन डिसी 00:26

मधु लामाको भ्यालेन्टाइन डे बिशेष गीत ‘जाउँन सरर’ सार्वजनिक [भिडियो]

इनेप्लिज २०७६ माघ २९ गते ११:३६ मा प्रकाशित

‘भ्यालेन्टाइन डे’ नजिकिए सगै माया र प्रेमसग सम्बन्धित गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। प्रणय दिवसलाई लक्षित गर्दै चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका अब्बल प्रतियोगी, गायक मधु लामाले ‘जाउँन सरर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । चर्चित गीतकार डि पी खनालको शब्द र मनोज थापामगरको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ । अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा मधु लामाको निर्देशन रहेको छ । दुई प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीतको भिडियोलाई चितवन,सिन्धुली, सुनकोशी र काठमाडौ लगायतको ठाउमा छायाँकन गरिएको हो।

डश म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई सार्वजनिक भए संगै दर्शक र मिडिया हाउसको राम्रो सहयोग र प्रतिकिय्रा आएको छ।

प्रतिक्रिया