यो आकाश मलाई चाहिन्न

इनेप्लिज २०७६ माघ १९ गते १०:१३ मा प्रकाशित
 
यो मेरो आकाश होईन
कहिले कालो
कहिले रातो
बेलाबेला रंग फेर्ने नौरंगी आकाश
मैले त निलो आकाश खोजेको
निख्खर निलो
शान्त आकाश
लैजाउ यो आकाश तिमी फिर्ता
यो आकाश मलाई चाहिन्न
जहॉं दिनमा चंगा उडाउन सक्दिन
रातमा तारा गन्न सक्दिन
मलाई त्यो आकाश चाहिन्न
मैले छाडेको आकाश यो हुदै होईन
मेरो आकाश शान्त थियो
बारूदको गन्ध थिएन
रगतले रंगिएको थिएन
कालो थिएन
रातो थिएन
मैले मेरो आकाशमा हेर्थे चन्द्रलीला
अनि ताराहरूको टिमटिम
मैले त्यो आकाश पो खोजेको
तिमीले दिएको आकाश मलाई चाहिन्न
भो मलाई चाहिन्न
तिमी लैजाउ तिम्रो आकाश
तिमी सजाउ यो आकाश
तिम्रो अन्तस्करणा
तिम्रो बैठकमा
मलाई तिम्रो आकाश चाहिन्न
 
समीर जोशी
वासिड.टन डिसी, अमेरिका
फ़रवरी २, २०२०

प्रतिक्रिया