राधाकृष्ण बिचको रोचक अन्तरक्रिया

इनेप्लिज २०७६ माघ १५ गते ११:४१ मा प्रकाशित

हालसालै इन्द्रपुरीमा हाम्रा देवताहरुको सम्मेलन भएको रहेछ। अब त्यस्तो सम्मेलनमा श्री कृष्ण भागवानको उपस्थिति नरहने भन्ने त कुरै भएन भने, उक्त सम्मेलनमा राधाजी पनि पुगेकी हुदिरहिछन्।

जब कृष्ण भगवानको राधाजी संग जम्काभेट हुन्छ। कृष्ण अलिक बिचलित देखिन्छन्, राधा भने प्रफुल्ल हुन्छिन्। कृष्ण थोरै संकोच गर्छन्, राधा मुस्कुराउछिन्। यस्तैमा कृष्ण केही बोल्नु अघिनै राधाले कस्तो छौ दुवारीकाधीश भनेर कृष्णलाई प्रश्न गर्छिन्।

जुन राधा कृष्णलाई काना काना भनेर बोलाउने गर्थिन आज उनै राधाले दुवारीकाधीश भनेर सम्बोधन गर्दा कृष्ण भित्रै बाट आहात हुन्छन्। तर पनि आफुलाई जसो तसो सम्हाल्दै भन्छन् म त तिम्रो लागि आज पनि उही काना हुँ, कमसेकम तिमी त मलाई दुवारीकाधीश भनेर नबोलाऊ। आउ बस, केहि मेरो बारेमा म तिमीलाई सुनाउछु केहि तिम्रो बारेमा सुनाउ। थाहा छ राधा जब जब तिमी यादा आउथियौ  मेरा आँखाहरु रासाउने गर्थे।

यो सुनेर राधा भन्छिन्  मलाई त त्यस्तो केहि पनि भएन। न तिम्रो याद आयो न त आँखा बाट आँसु नै। मैले तिमीलाई भुलेको नै कहाँ थिए  र  मलाई तिम्रो याद आउनु। तिमी त हरपल मेरो आँखामा रहन्थ्यौ। त्यसैले कतै यि आँखा बाट आँसु संगै बहेर तिमी निस्केलाउ भनेर म त कहिल्यै रुन पनि सकिन।

प्रेम बाट अलग भए पश्चात तिमीले के गुमायौ, यसको एउटा ऎना तिमीलाई देखाउ ? केहि तीता सत्य प्रश्नहरु यदि तिमी सुन्न सक्छौ भने म सुनाउछु तिमीलाई। कहिल्यै सोचेउ यो प्रगति प्राप्त गर्न तिमी कति पछाडि धकेल्यौ। यमुनाको मिठो पानी बाट जिन्दगी सुरु गरेर समुद्रको नुनिलो पानी सम्म पुगेउ। एउटा औंला बाट चल्ने सुदर्शनचक्र माथि विश्वाश गरेउ र दस औंला बाट चल्ने मुरलीलाइ बिर्सियौ।

काना जब तिमी प्रेम संग जोडीएको थियौ  त्यतिखेर तिम्रो एउटा औंलाले गोवर्धन पर्वतलाई उठाएर मानिसहरुलाइ विनाश हुन बाट बचाएको थियो। तर प्रेम बाट अलग भए पश्चात यहि औंलाहरुले कस्ता कस्ता रंग हरु देखाउन थाले। सुदर्शन चक्र उठाएर विनाशका लागि प्रयोग भए। काना र दुवारीकाधीश हुनुमा के फरक छ भनु तिमीलाई। काना भएको भए सुधामाको घर जाने थियौँ  सुधामाले तिम्रो घर आउनु पर्दैनथ्यो।

युद्ध र प्रेममा यहीं त फरक हुन्छ । युद्धमा तिमी अरुलाई नासेर जिउँछौ, प्रेममा स्वयम नासिएर जिउँछौ। प्रेममा डुबेको एउटा मान्छे, ऊ स्वयम दुखी त रहन्छ तर अरु कसैलाई दु:ख दिदैन। तिमी त कयौ कलाहरुको स्वामी हौ। तिमी संग दुर दृष्टि छ। तिमी गीता जस्तो ग्रन्थको दाता हौ। तर तिमीले के निर्णय लियौ ? आफ्नो सबै सेना कौरवहरुलाई सुम्पिदियौ र आफु पांडवहरु संग मिल्यौ। सेना त तिम्रो प्रजा थिए, राजा त प्रजा पालक हुन्छ रक्षंक हुन्छ।

तिमी जस्तो महाज्ञानी जुन रथ चलाई राखेको थियौ  त्यसमा अर्जुन बसेर तिम्रो सेनाहरुलाई मारिराखेको थियो। आफ्ना प्रजाहरु मरेको देखेर पनि तिमी भित्र कुनै करुणा जाग्न सकेन। किनकी म जान्दछु, तिमी प्रेम देखि सुन्य भएको थियौ।

काना आज पनि धर्तिमा गएर हेर, तिम्रो दुवारीकाधीश वाला छवी कहीं भेटिदैन। हरेक घर हरेक मन्दिरामा मेरो साथ खडा देखिन्छौ। म मान्दछु, आज पनि मानिसहरु गीताको ज्ञान तथा महत्वका बिषयमा कुरा गर्छन्। तर धर्तिका मानिसहरु युद्धवाला दुवारीकाधीशलाई हैन प्रेम वाला कानलाई विश्वास गर्छन्। गीताको अन्त्य सम्ममा पनि मेरो नाम कतै उल्लेख गरिएको छैन। तर पनि मानिसहरु गीताको समापन श्री राधे राधे भनेर गर्ने गर्छन्। (स्रोत: सामाजिक संजालमा उपलब्ध सामाग्रीको नेपाली अनुवाद)

रमेश ढकाल

भद्रपुर-७ (हाल: दोहा, कतार)

[email protected]

 

 

प्रतिक्रिया