नेपालमा एमसीसी शुरु कसरी भएको हो त ?

इनेप्लिज २०७६ माघ १० गते २:१४ मा प्रकाशित

टेक्सास, बहुचर्चित अमेरिकी सहयोग कार्यक्रम एमसीसी अमेरिकाको चाहनामा भन्दा पनि नेपालको पहलमा शुरु भएको अमेरिकाको लागि पुर्व नेपाली राजदुत डाक्टर शंकर शर्माले बताउनुभएको छ ।

अमेरिकाको भ्रमणमा रहनुभएका डाक्टर शर्माले पत्रकार सूर्य थापासंग कुरा गर्दै एमसीसीको शुरुवात देखी हालसम्मको प्रगतीको बारेमा बिस्तार गर्नुभएको छ ।

सन् २००२ मा तत्कालीन प्रधानमन्त्री सहित आफु पनि अमेरिकाको भ्रमणमा आउंदा नेपाललाई सहयोग गर्न गरिएको आग्रह पश्चात नै एमसीसी नेपालमा शुरु भएको उंहाले बताउनुभएको छ ।

सन् २०११ मा आफु अमेरिकाको राजदुत हुंदा गरेको पहल र एमसीसी नेपालमा लागु हुंदाका क्षणहरुमा पनि कार्यक्रममा डाक्टर शर्माले बिस्तारमा बताउनुभएको छ ।

एमसीसीको बिरोध धेरैले नबुझेरै गरेकोमा अचम्म मान्दै डाक्टर शर्माले यस प्रकारका सहयोगको बिरोध हुंदा अन्य देशबाट आउने ठुला सहयोगहरुलाई असर पर्न सक्ने खतरा समेत औल्याउनुभएको छ । यो सहयोगबाट नेपालमा सेना जान्छ भन्ने जस्ता हल्ला गर्नु एमसीसीको अध्यन बिना नै बोलेको कुरा भएको उंहाको भनाई छ ।

प्रस्तुत छ डाक्टर शर्मासंग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया