अस्ट्रेलियाको अर्बन होम्सले ग¥यो नेपालमा आवाससंगै चलचित्र बनाउने घोषणा

इनेप्लिज २०७६ माघ ७ गते २२:२९ मा प्रकाशित

काठमाडौं– अष्ट्रेलियामा रहेर घर–जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा समेत आवद्ध भएका नेपालका ज्ञानेन्द्र कार्कीले नेपालमा पनि आफ्नो सेवालाई विस्तार गर्ने घोषणा गरेका छन् ।

त्यसका लागि उनले नेपालमा पनि घर–जग्गा, निर्माण व्यवसाय तथा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सहभागिता जनाउने घोषणा गरेका हुन् ।

रंगेली, मोरङमा जन्मिएका कार्कीले अष्ट्रेलियाको सिड्नी शहरमा सहभागितामूलक व्यवस्थापनमा रियल स्टेट, व्यवस्थापन र निर्माणका सबै प्याकेजसंगै ‘अर्बन होम्स न्यू साउथवेल्स (एनएसडब्ल्यू) नामक नेपाली कम्पनि सञ्चालन गरिरहेका छन् ।

एक महिना लामो नेपाल भ्रमणपछि हालै अष्ट्रेलिया फर्किएका अर्बन होम्स न्यू एनएसडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कार्कीले नेपालमा व्यवस्थित शैलीका सामुहिक आवास निर्माणका साथै नेपाली चलचित्रको निर्माण तथा अष्ट्रेलियामा त्यसको वितरणमा समेत सहभागिता जनाउने घोषणा गरेका हुन् ।

सिईओ कार्कीका अनुसार अर्बन होम्स एनएसडब्लुले अष्ट्रेलियामा आफूलाई विभिन्न तीन चरणमा आफूलाई उभ्याएको छ । अर्बन होम्स रियल स्टेटका रूपमा पनि कार्यरत रहेको छ भने अर्कोतिर यसले आफूलाई ल्याभिस कन्स्ट्रक्सन एण्ड डेभ्लप्मेन्टका रूपमा अगाडि ल्याएको छ ।

‘हामीले ल्याभिस कन्स्ट्रक्सन एण्ड डेभ्लपमेन्ट कम्पनिमार्फत आफूलाई डेभलपरको रुपमा समेत उभ्याएका छौं, सिईओ कार्की भन्छन्—‘अर्बन होम्स एनएसडब्ल्यूलाई एउटा छुट्टै योजना र परियोजनाका रूपमा अगाडि बढाइ रहेका छौं ।’

नेपालमा पनि अष्ट्रेलियाकै अवधारणले काम गर्नका लागि काठमाडौं उपत्यकाका तीन भिन्न ठाउ“मा जग्गा निर्धारण गरिसकेको बताउ“दै अर्बन होम्स एनएसडब्ल्यूका सिईओ कार्की भन्छन्—‘ग्राहकमुखी नीतिलाई केन्द्र बनाएर अगाडि बढेको अर्बन होम्सको मुख्य उद्देश्य भनेकै ग्राहकलाई सन्तुष्टि दिनु हो ।’

अष्ट्रेलियामा नेपाली समुदायमा पहिलो पटक अर्बन होम्स एनएसडब्ल्यले निर्माण व्यवसायी (कन्स्ट्रक्सन) को रुपमा समेत काम गर्न थालेको तथा यसले नेपाली समुदायका साथै एशियाली मूलका नागरिकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको अर्बन होम्सका सिईओ कार्कीको भनाइ छ ।

‘अष्ट्रेलियाको बजारमा नेपाली मन र नेपालीपनलाई सुहाउ“दो घरहरूका लागि अर्बन होम्सले काउन्सिल रिक्वायरमेन्टदेखि डिजाइन र निमार्णमा समेत काम गरिरहेको छ, कार्की भन्छन्— ‘हामीले घर निर्मण गरेर ग्राहकहरुलाई हस्तान्तरण नै गरिसकेका छौं ।’

‘हाम्रो मुख्य योजना भनेकै ग्राहकहरूको आवश्यकता र रोजाइ अनुरूप आवश्यक बजेटमा घर निर्माण गरेर दिनु हो, कार्की भन्छन्— ‘ल्याभिस कन्स्ट्रक्सन एण्ड डेभ्लप्मेन्ट अन्तर्गत एकै क्षेत्रमा काम गरेका एजेन्सी र मोर्गेज ब्रोकरहरूसंग मिलेर सहभागिमूलक व्यवस्थापन अन्र्तगत सबैसंग मिलेर बिजनेस भेन्चर र ज्वाइन्ट भेन्चरमा अगाडि बढिरहेका छौं ।’

अर्बन होम्स एनएडब्ल्यूले अहिले बजारमुखी व्यवस्थापनसंगै ग्राहकमुखी सेवा प्रवद्र्धन गर्ने योजना अनुरूप आफूलाई अगाडि बढाएको कार्कीको भनाइ छ ।

‘नेपाली समुदायमा कस्टम डिजाइनका घरहरू बनाएर अनावश्यक खर्चको कटौती गर्दै सीमित बजेटमा पनि राम्रा घर उपलब्ध गराउने हाम्रो मुख्य प्रयास हो, जसमा हामी सफल भैरहेका छौं ।’

कार्कीले नेपालमा पनि सुलभ तथा सुपथ मूल्य पर्ने सामुहिक आवास निर्वाणका लागि नेपाल सरकारसंग पहल गरिरहेको समेत स्पष्ट पारे ।

यसका साथै कार्कीले यसै वर्षदेखि नेपाली चलचित्रमा लगानी गर्नुका साथै अष्ट्रेलियामा नेपाली चलचित्रलाई प्रदर्शन गर्नका लागि वितरकको रुपमा समेत काम गर्न लागेको स्पष्ट पारे ।

‘नेपाली चलचित्रले विस्तारै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश पाएको छ, कार्की भन्छन्— ‘हामीले वर्षमा कम्तिमा एउटा नेपाली चलचित्र निर्माण गरेर त्यसमा नेपाल र अष्ट्रेलियामा मात्र होइन, विश्वभरी नै प्रदर्शन गर्ने लक्ष्य लिएका छौं ।’

काठमाडौंमा रह“दा कार्कीले केही चलचित्र निर्देशक, लेखक, निर्माता तथा चलचित्र निर्माण गर्ने संस्थाका प्रतिनिधिहरुसंग समेत छलफल गरेका थिए । ‘छ महिना भित्रै हामी पहिलो चलचित्रलाई लिएर फ्लोरमा जाने योजना बनाएका छौं, कार्कीले भने—‘हामीले निर्मँण गर्ने पहिलो चलचित्रको स्क्रिप्टको लेखन कार्य समेत प्रारम्भ भैसकेको छ ।’

यसैबीच, नेपाल सरकारले आयोजना गरिरहेको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि कार्कीले अष्टे«लियाका आफ्ना ग्राहकहरुलाई दश दिनको नेपाल भ्रमण गर्ने प्याकेज उपहारको रुपमा समेत प्रदान गरिरहेका छन् । ‘नेपाल भ्रमण वर्षलाई सफल बनाउन यो अर्बन होम्सको तर्फबाट गरिएको एउटा सानो प्रयास मात्र हो, सिईओ कार्कीले भनेका छन् ।

प्रतिक्रिया