स्वर सम्राट नारायणगोपाल गुरवाचार्य को २९ औ पुण्यतिथी सम्पन्न

इनेप्लिज २०७६ माघ २ गते २२:१३ मा प्रकाशित

भ्यानकुवर , सरी, वि.सी., क्यानाडा , डिसेम्वर ७ ता. २०१९। (प्रस्तुति —मानकाजी ।।।ज्येना।।।)

यहाको नेपालीमूलका सर्जक समाजको चौतारी तदर्थ समितिको अग्रसरतामा स्वर सम्राट नारायणगोपाल गरुुआचार्यको २९ औ पुण्यतिथी को आयोजना सम्पन्न गरियो। ५ घण्टालामो, ५० भन्दा बढी साहित्य तथा संगीत अनुरागीहरुको उपस्थित मध्ये सबै भन्दा ज्येष्ठ नागरिक द्धय श्री बुद्ध रत्न डंगोल तथा मानकाजी ।।।ज्येना।।। हरुले स्वर सम्राट को फोटोमा माल्यापर्ण तथा पानशम बत्तिबाली कार्यक्रम शुरुगरिएको थियो ।उपस्थित सबैलाइ हार्दिक स्वागत गर्दै सो समितिको संयोजक श्री मानकाजी ।।।ज्येना।।। ले यस कार्यक्रम को वारेमा प्रकाश पार्दै भन्नुभयो —कि यस्तो कार्यक्रम विगत केही वर्षदेखि श्रृंखलावद्ध रुपमा गरिदै आएको हो र आज स्वर सम्राट नारायणगोपाल को चाहि दोश्रो पटक गरिएको हो भने पहिलो पटक चाहिं २०१३ को डिसेम्वर ७ ता.मा संयोगवस मानकाजी—बीनाको कोठामा गरिएको थियो।

अन्य स्वर्गीय सर्जक (कवि, लेखक , गायक गीतकार, संगीतकार , प्रकृतिवीद आदि ) हरु मध्ये जस्तै अम्बर गुरुग, फत्तेमान राजभण्डारी, गोपाल योञ्जन, ल.प्र .देवबकोटा, सिद्धी चरण श्रेष्ठ, जगदीश घिमिरे, हुतराम वैद्य हरु को पनि करिव यस्तै कार्यक्रमहरु सम्पन्न गरिएका थियो । भाषा र साहित्य जिवित रहे सम्म कुनै पनि जाति विशेष जीवित रहने गर्छ भन्ने मान्यताकासाथ र लाज नमानी भन्नुपर्दा ।।।माइति को, कुकुरै प्यारो।।। भएकोले पनि हो ।

वस्तुतः खानाले (शाररिक) पेट भरिदिन्छ भने, गीत—संगीत तथा साहित्यले —मानसिकता तथा आत्मसन्तुष्टि प्रदान गरिदिन्छ जसको फलस्वरुप मान्छे शाररिक तथा मानसिक दुवै रुपमा चुस्त दूरुस्त वा भनौ तंदूरुस्त वा पूर्णमानव बन्ने गर्छ र मुलतः पशुपंक्षी र मानिस वीचको भिन्नता पनि यही नै हो ।

करिव २० जना सर्जक गायकहरुले पालै पालो गरी केही युगल र अन्य एकल वाद्यवादन वा ट्रयाक साथ वा बिना वाद्यवादन निम्न गीतहरु गाएका थिए  २ टा फूल देउरालीमा….., केही मीठो वात गर….., र्आखा छोपी नरोऊ भनी……, म त लाली गुरास भएछु…., मैले पुण्य मनपराय…..ं, माया गर्नेको चोखो माया पनि देखियो…., इश्वर तैले रचेर फेरी…., लुकु लुकु लाग्यो मलाइ…., यति चोखो यति मीठो….., चुमेर पानाभरी……, आज भोली हरेक सांझ ….., अल्झेछ क्यारे पछयौरी तिम्रो चियाको वुटामा…….,वीरताको चिनो……मलाइ नसोध कहां दुख्छ घाउ……पोखियर घामको झुल्का…..,.यति चोखो यति मीठो…. र । कवियत्री अनिता गिरीले (निज उपर) आफनै रचनाको जोडदार गजल वाचन गरिन भने नीरञ्जन वाब र पुजाुको युगलजोडीले निज उपर पुरष्कारसहितको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरी एकोहोरो गीती माहौल लाइ अर्कै रमाइलो परिवेशमा वदल्दिनु भएको थियो।

उदघोषणमा खप्पिस सर्जक द्धय : क्रमश अनु राइ र कल्याण थापाको संयुक्त उदघोषमा एकातिर कार्यक्रम रमाइलो हूदै थियो भने बीना र बिमु द्धय को स्वादिलो खानापरिकारले परिवेश झन मोहक बन्दै थियो जस्ले गर्दा ३ घण्टे कार्यक्रम थाहै नपाइकन ५ घण्टे हुन पुगेको कुरा घडीहेर्दा १० वजिसके पछि पो थाहा लाग्यो, भनिन्छ नि सुखको क्षंण अति छिटो वित्ने गर्छ ।

स्मरण रहोस कि यस कार्यक्रम सफल पार्न एन. सि. एस. वि.सी को तर्फवाट र ब्यत्तिगत प्रा डा. रत्न कुमारजीहरुवाट चन्दा सहयोग प्राप्त भएको थियो भने एन. सि. एस. वि.सी को तर्फवाटबहालवाला अध्यक्ष तथा उपाध्यक्ष द्धय स्वयम सर्जकहरु क्र :मश कवि कल्याण थापा र कवियत्री प्रतिमा पराजुलीजीहरु को सक्रिय सहभागिता रहेको थियो। यसै सन्दर्भमा, अर्को महत्वपूर्ण कुरा के भने, यस्तै साहित्यिक कार्यक्रमहरुलाइ निरन्तरता प्रदान गर्ने सहमतिका साथ श्री मानकाजी ।।।

ज्येना।।। को आव्हानमा निम्न सर्जकहरुको एउटा कार्यदल पनि गठन गरियको थियो :अनुराइ, शुसिला शर्मा, आस्था पाण्डे, कल्याण.थापा., सुषमा प्रधान, सविता श्रेष्ठ, टिफा वैद्य. तथा विमलपुरी। यी स्वतः स्फूर्त सर्जकहरु तथा उपस्थित वा अनुपस्थित सम्पूर्ण सहभागी लाइ धन्यवाद तथा अग्रिम वधाइ ज्ञापन गर्दै आगामी कार्यक्रम२ता.फेव्रुवरी २०२० को प्रतिक्षामा ।

 

प्रतिक्रिया