पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको मृत्यु दण्ड उल्टियो ,अब उनि पाकिस्तान आउन पाउने

इनेप्लिज २०७६ पुष २८ गते २३:२० मा प्रकाशित

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई दिइएको मृत्यु दण्ड उल्टिएको छ । पाकिस्तानको अदालतलेपूर्व राष्ट्रपति र सैन्य शासक परवेज मुशर्रफलाई सुनाएको मृत्युदण्ड”असंवैधानिक” भनेर खारेज गरेको छ।

सन् २०१६ देखि दुबईमा निर्वासन जीवन बिताइरहेका ७६ वर्षीय वृद्ध अब स्वतन्त्र भएका छन् । उनी स्वतन्त्र रूपमा पाकिस्तान फर्कन भन्दै लाहोरको उच्च अदालतले जनवरी १३ सोमबारका दिन उक्त फैसला फैसला सुनाएको हो ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेको भन्दै देशद्रोहको मुद्दा लगाइएको थियो । सन् २०१३ देखि विचाराधीन मुद्धाको फैसला गर्दै विशेष आदलतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

सन् १९९९ मा सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा हत्याएका थिए । उनलाई मुद्दाको सुनुवाइ हुँदाहुँदै र मृत्यू दण्डको घोषणा गर्दा मुशर्रफ सन् २०१६ मार्च देखि यूएईको दुबईमा बसि रहेका छन् ।

मृत्युदण्डको सजाय अब पल्टाइएको छ, उच्च अदालतले उच्चतम राजद्रोह सुनाए पछि यो अपराध हो जुन एकल व्यक्तिले गर्न सक्दैन। यसमा भनिएको छ कि मृत्युदण्डको सजाय सुनाउने विशेष अदालतको गठन “अवैधानिक” हो – जसको अर्थ मुशर्रफ अब संदिग्ध छैन।

श्रोत :सिएनएन

प्रतिक्रिया