मेरो आधार हौ तिमी-गोमा न्यौपाने

इनेप्लिज २०७६ पुष २६ गते २३:४७ मा प्रकाशित

तिमी हाँस्दै सुवास छर्दै
मेरो सामु आयौं
बगैचामा माया रोपि
यो मनलाई भुलायौ

कन्चन संग्लो पानी जस्तै छ
तिम्रो मेरो माया
तिम्रो आखा भरी देख्छु
पिरतीको छाया

अरु केही चाहिदैन
तिम्रो साथ भए पुग्छ
अँधेरी रातमा पनि
प्रेमको दियो बलिरन्छ

हास्दै खेल्दै तिमीसँग
बर्षौ बर्ष बिताइ सकेँ
तिम्रै काखमा लुटपुटिँदै
दुख पीर भुलाइसकेँ

तिमीलाई देखेपछि
आफैलाई भुलिदिन्छु
तिम्रै मनमा पिरतीको
फूल भै म फुलिदिन्छु

तिमी साथी ह्रदयको
अरू कोही चाहिदैन
यस्तो माया जुनी जुनी
खोजे पनि पाइदैन

प्रतिक्रिया