९० प्रतिशत फिल्म फ्ल्प, फिल्म उद्दोग घाटामा छ- नायिका स्वेता खड्का

इनेप्लिज २०७६ पुष २६ गते २३:३८ मा प्रकाशित

काठमाडौं, २६ पौष । नेपाली चलचित्रकी लोकप्रीय नायिका स्वेता खड्का मिहेनती छिन् । उनी दैनिक अठार घन्टा काम गर्ने बताउँछिन् । खड्कासँग ऋषि धमलाले चलचित्र बजार र अवस्थाबारे गरेको कुराकानी ।

निकै व्यस्त हुनुहुन्छ ?
व्यस्त छु, अहिले मेरो समय एकदमै कम भएको छ ।

तपाईं दिनमा कति घण्टा काम गर्नुहुन्छ ?
लगभग अठार घण्टा काम गर्छु ।

अठार घण्टा काम गर्नुहुन्छ ?
हो, बिहान उठेदेखि बेलुकासम्म काममै व्यस्त हुन्छु ।

बिहानदेखि बेलुकासम्मका कामका कार्यतालिका के के हुन् ?
बिहानदेखि नै एकदमै टाइट हुन्छ । मिटिङ फिस्ट एक हप्ता, १५ दिनकै हुन्छ । धेरैवटा अर्गनाइजेनमा आवद्ध छु । सामाजिक काममा पनि सक्रिय छु । मुभि इन्डस्ट्रमा पनि छु । त्यसबाहेक आफ्नो व्यक्तिगत काम पनि हुन्छन् ।

नायिका र निर्माता दुवैको रुपमा काम गरिरहनुभएको छ, नेपाल चलचित्र कति सफल कति असफल ?
पहिलाको भन्दै सफल भएका छन् । केही प्रोजेक्टहरु मात्रै सफल हुन्छन् । झन्डै ९० प्रतिशत प्रोजेक्टहरु असफल छन् । सय मूभिमा ९० प्रतिशत मुभि फ्लप हुनु भनेको फिल्म उद्योगको ठूलो घाटा हो । घाटै भएपनि यस क्षेत्रमा काम गर्नेहरुले काम पाइराखेकाले अर्को पाटो राम्रो पनि छ ।

नेपाली फिल्म उद्योग के कारणले घाटामा गयो ?
प्रोडक्सन, निर्देशन, कलाकार कुनै क्षेत्रमा पनि कमीमजोरी छैन । मैंले व्यक्तिग भन्नुपर्दा फिल्मी क्षेत्रको मार्केट स्थिर छैन । अहिले पनि टिकट विक्रीको हिसाब राख्ने वातावरण छैन । हामी चलचित्र बनाउँछौं ट्याक्स तिरेको रेकर्ड सय प्रतिशत छैन । दर्शकहरुले हिन्दीभन्दा नेपाली फिल्म बढी हेर्नुहुन्छ ।

तपाईंं चलचित्र त श्रीकृष्ण श्रेष्ठको श्रीमतीले बनाएको भएर चल्यो, सबै चल्दैन नि ?
यहाँ हलदेखि चलचित्रसम्म कुनै चिजको श्रेणी छुट्ट्याइएको छैन । चलचित्रको श्रेणी विभाजन नभएर दर्शकहरु अलमिलएका छन् । श्रेणी विभाजन गरिदिएको भए दर्शकहरु अलमलमा पर्ने थिएनन् । अरु चलचित्रको श्रेणी अनुसार हल पनि फरक हुन्छन्, एबीसी गरेर । हाम्रो चलचित्र जस्तोसुकै आओस् हल उही हुन्छ । जुन पनि सेन्सर हुन्छ, जुन पनि रिलिज हुन्छ, त्यसले दर्शक भाँडिने काम भएको छ ।

अहिले पनि चलचित्र रिलिजमा प्रतिस्पर्धा कायमै छ ?
हल पाउन कम्पिटिसन छ, रिलिजको कुरामा प्रतिस्पर्धा छ । टप ब्यानरहरु जुध्नुहुन्छ । म चाहन्छु, ‘मिलेर सबैले काम गर्नुपर्छ’ यो क्षेत्रमा सबैको योगदान छ । कसैले पनि आफ्नो फिल्म असफल होस् भन्न चाहँदैन ।

नेपाली चलचित्र क्षेत्रभित्र हुने शोषण, अन्याय, अत्याचारलाई रोक्न कत्तिको सफल हुनुहुन्छ ?
अहिलेसम्म मैले त्यस्तो व्यहोर्नु परेको छैन । हामीेले कुनै कलालाई पनि पारिश्रमिक वा अन्य कुरामा कमीकमजोरी गरेको छैन । मैले धेरै चलचित्रमा खेल्न र घुलमिल हुन पाएको छैन । थेरैमा खेल्दै धेरै दर्शकहरुको माया पाएकी छु । यो थोरै काम गरेर मैले धेरै मायाँ पाएकी छु । यो पेशा विसंगति र विकति भन्ने कुरा मैले देखेको पनि छैन, र मलाई परेको पनि छैन ।

नेपाली चलचित्र कमीकमजोरी छैन भन्न सक्नुहुन्छ ?
हन्ड्रेड प्रतिशत छ । यो क्षेत्रमा असफल हुँदाहुँदै सफल हुने धेरै देखेको छु । राम्रो टिमवर्क हुनेहरुको चलचित्र एकदमै राम्रो चलेको छ । चलचित्र निमार्णमा आवश्यक सबै पक्षले कडा परिश्रम गर्ने टिम सफल नै भएको छ ।

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय लगानी गरेर नायक, नायिका बन्ने होडवाजी चलेको छ नि ?
लगानीसँगै रहर सिकेर बन्छु नै भनेर आउनेहरु पनि हुनुहुन्छ । कुनै रहर पुरा गर्न पनि आउनुहुन्छ ।

हिरोइन बन्न लगानी गर्ने ?
त्यसरी आउनेहरुको एउटै चलचित्र फस्ट एन्डा लास्ट भएको पनि देखिएको छ । त्यस्ता व्यक्तिको निरन्तरता हुँदैन ।

कलाकारप्रति जनताको आकर्षण छ ?
छ, अहिलेसम्म कर्षण छ । सेल्फी खिचाउने, खुसी हुने गर्नेहुन्छ ।

तर, चलचित्र त हेर्दैनन् नि ?
सबै त्यस्तो छैन, हलमा गएर चलचित्र हेर्नेको संख्या पनि छ । अहिले बोर्डमा पनि धेरै राम्रो टिमहरु हुनुहुन्छ । फिल्मी उद्योगमा धेरै राम्रो स्किम आइरहेको छ ।

नेपाली चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छ ?
सक्छ । अहिलेसम्म सकिरहेको छ । हलीउड, बलीउडको आफ्नो महत्व हुन्छ । हाम्रो महत्व छुट्टै हुन्छ ।

बलीउड, हलीउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?
उनीहरुको साधन, स्रोतको हिसावले तुलनानै गर्न मिल्दैन । बलीउडमा त मिल्दैन अझ हलीउडको त कुरै छाडौं । हाम्रो फिल्म कति बजेटमा बन्छ, उहाँहरुको बजेट कति हुन्छ । एउटा कलाकारको पिएले लिने बजेटमा नेपाली फिल्म बन्छ । साधन, स्रोको हिसाबले चाहीं तुलना गर्न मिल्दैन । तर, नेपाली चलचित्रले त्यो स्रोत, साधन र क्वालिटीमा पर्पmमेन्स गर्न पायो भने प्रतिस्पर्धा गर्न सक्छ ।

भारतको जस्तो फिल्म नेपालले बनाउन सक्दैन हो ?
त्यो ब्यानरमा नेपालीहरुले चान्स फाउने हो भने सक्छ ।

भरतीय चलचित्रमा नेपाली नायिकाले अभिनय गर्ने क्षमता छ ?
छ, मजाले गर्न सक्नुहुन्छ । अवसर पाउनुभयो भने गर्न सक्नुहुन्छ । इन्डियन आइडलहरुमा पनि नेपालीहरुले जितेर सान राख्नुभएको छ ।

इन्डियन कलाकारले जस्तो अभिनय गर्न सक्छन् नेपाली कलाकारले ?
त्यो लाइफ स्टाइल, सुविधा पाउने हो भने मजाले सक्छन् ।

तपार्इंं सलमान खान, सारुखानसँग अभिनय गर्न सक्नुहुन्छ ?
त्यो अवसर पाउने मजाले गर्न सक्छु ।

भारतीय चलचित्र जाने चाहना छ ?
रुचिको कुरा होइन, अफर आयो भने हामी गएर अभिनय गर्न सक्छौं ।

नेपाली नायिकाहरुसँग त्यो क्षमता छ ?
बलिउड कलाकारले हलीउडमा गएर गरेका छन् भने हामी पनि बलिउडमा गएर काम गर्न सक्छौं । त्यो क्षमता राख्ने म मात्रै होइन धेरै कलाकार हुनुहुन्छ । अहिले त मिस नेपालहरु पनि चलचित्र उद्योगमा आउनुभएको छ ।

नेपाली नायिकाहरुले सिद्धहस्त भएर चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका हुन् ?
अहिले धेरै सिद्धहस्त भएर आउनुभएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खारिएका मिस नेपालहरु पनि पछिल्लो समय नेपाली चलचित्र उद्योगतिर आकर्षित भएका छन् ।

फिल्मी क्षेत्रमा तपाईंंको चाहना नाम कि दाम ?
मेरो लागि नाम हो । यो क्षेत्रमा मेरो लागि इज्जत, नाम र प्रख्याति नै ठूलो कुरा हो ।

पैसा भनेपछि हुरुक्कै हुने नायिकाहरु प्नि छन् नि ?
आफ्नो काम गरेर मेरो मूल्य यति हो भन्नु त राम्रो कुरा हो नि । त्यो उहाँहरुको अधिकार हो ।

हलीउड, बलीउडका नायिकाभन्दा नेपाली नायिकाले किन कम पारिश्रमिक पाउँछन् ?
हाम्रो मार्केट नै सानो छ , अनि कसरी धेरै पारिश्रमिक पाउँनु । उनीहरुको मार्के ठूलो हुन्छ, दर्शक पनि धेरै हुन्छन्ु ।

यहाँको लगानी नै कम अनि कसरी कलाकारले धेरै पाउने ?
तपाईंं फिल्म क्षेत्रबाट टाढा हुनुहुन्न ?
जबसम्म म काम गर्न सक्छु, त्यो बेलासम्म म यो क्षेत्र छोड्दिँन ।
अरुको चलचित्रमा पनि खेल्नुहुन्छ ?
खेल्छु, धेरैजनालाई म सरी भन्न चाहन्छु, यहाँहरु स्क्रिप्टमा आपूmलाई नपाएर र सेडवील नमिले पनि हो ।
कतिवटा चलचित्र छोड्नुभयो ?

धेरै छोडेँ । सायद आएका अफरहरु सबैमा खेलेको भए, धेरै फिल्म मेरै रिलिज हुने थिए होलन् । –File Photo

41
SHARES

प्रतिक्रिया