भारतले २०१२ मा सामूहिक बलात्कारका दोषीलाई जनवरी २२ मा फाँसी दिने

इनेप्लिज २०७६ पुष २४ गते ३:३५ मा प्रकाशित

भारतले २०१२ मा सामूहिक बलात्कारका दोषीलाई जनवरी २२ मा फाँसी दिने भएको छ । सन् २०१२ मा नयाँ दिल्लीको यात्रियान (बस)मा रातीको समयमा सामूहिक बलात्कार र एक युवतीको हत्यामा दोषी ठहरिएका चार व्यक्तिको लागि गत मंगलबार मृत्यु वारंट( अधिकार पत्र) जारी गरिएको थियो ।

नयाँ दिल्लीको अदालतले उनीहरुलाई जनवरी २२ का दिन झुन्ड्याउने समय निर्धारण गरेको छ । गत महिना भारतको सर्वोच्च अदालतले पुरुषहरूको अन्तिम समीक्षा याचिका खारेज गरेपछि यो वारन्ट अनुमान गरिएको थियो। भारतका राष्ट्रपतिले अझै पनि मध्यस्थता गर्न सक्नेछन्, तर त्यस्तो हुने आशा गरिएको छैन।

२३ बर्षिय पिडित र मृतक फिजियो थेरापी( भौतिक-चिकित्सक) कि बिधार्थी थिइन् । उनलाई उनको पुरुष साथी संगै घर फर्कने क्रममा ६ जनाले चलि रहेको गाडीमा बलात्कार गरि गाडी बाहिर फ्याकेका थिए । मृतकका पुरुष साथीलाई फलामको डण्डाले पिटेका थिए ।

जोडीलाई सडकमा नाङ्गै फ्याँकिएको थियो, र दुई हप्ता पछि उक्त महिलाको मृत्यु भयो। ती आक्रमणकारीहरूको तुलनात्मक हिसाबले चाँडै मुद्दा चलाइएको थियो जहाँ यौन उत्पीडनको मुद्धाहरु  प्रायः वर्षौंसम्म रहिरहन्छन्।

चार जना अभियुक्तलाई मृत्युदण्ड सुनाईयो। अर्को एक जनाले उनको मुद्दा चलाउन अघि जेलमा आफै झुन्डिएका थिए ,यद्यपि उनको परिवारले उनलाई मारिएको बताएका थिए । छैटौं आक्रमणकारी डिसेम्बर २०१२ को आक्रमणको बेला नाबालिग थिए र उनलाई सुधार गृहमा तीन बर्षको जेल सजाय सुनाइएको थियो।

दिल्ली महिला आयोगका अध्यक्ष स्वाति मालीवालले सामाजिक संजाल ट्विटरमा गत मंगलबारको अदालतको घोषणाको सराहना गरेकी छिन् । “म उनको आमालाई अभिवादन गर्छु जसले यति लामो समयसम्म संघर्ष गरिरहेकी छिन्,” उनले ट्वीट गरिन्। “यो देशका सबै निडर मानिसहरूका लागि यो विजय हो। यो समय देशका प्रत्येक बलात्कारीलाई सजाय दिने हो जसमा कडा सन्देश पठाइन्छ। ”

समाचार/तस्बिर श्रोत :एपी न्युज

प्रतिक्रिया