हप्तामा कतिपल्ट शारिरिक सम्पर्क गर्दा बच्चा बस्छ ? बाँझोपनाबाट कसरी बच्ने ? डा. सबिना सिम्खडाको सुझाब

इनेप्लिज २०७६ पुष १२ गते १५:०९ मा प्रकाशित

डा. सबिना सिम्खडाले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो । तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् । निःसन्तानपन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार संभव छ भनेर देखाएकी छन् । पछिल्लो समय निःसन्तानपन (बाँझोपना)को बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा. सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थिाई साधनको प्रयोग बिना शारिरक सम्पर्क गर्दा बच्चा बसेन भने बाँझोपना हुने डा. सिम्खडा बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बाझोपना हुने संभावना हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने संभावना रहन्छ । दैनिक जस्तो शारिरिक सम्पर्क गर्दा वा महिनावारी भएको १० देखी २० दिन भित्र सम्पर्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउन उनी आग्रह गर्छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बाझोपनाको उपचार गर्न नेपाल आउने गरेको डा. सबिनाको अनुभव छ । उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् । हामीले उनी प्रजनन् बिशेषज्ञ डा. सबिना सिम्खडासंग बाँझोपना र प्रजननको बिषयमा कुराकानी गरेका छौं । हेरौ यो कुराकानी.. ।

प्रतिक्रिया