यसरी पायल्सको उपचार गर्नुभयो भने फेरी कहिल्यै पायल्स हुदैन, दुख्दैन र भोलीनै काममा जान सकिन्छ

इनेप्लिज २०७६ पुष ४ गते ११:५६ मा प्रकाशित

पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन ।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ । जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ । यसलाई विभिन्न श्रेणीमा राखिएको छ । शिराहरु सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर, बाहिर नआउने, सुन्निएका नसाहरु मल त्याग गर्दा बाहिर आउने, दिसा गरिसकेपछि पुन आफ्नै स्थानमा जाने, शिराहरुको डल्लो बाहिर आउने र आफैं यथास्थानमा नजाने, सुन्निएको नशाका डल्लाहरु निरन्तर मलद्वार बाहिर नै रहने । दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा खलास नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

पायल्सको बिषयमा आज हामीले पोखराको मणिपाल शिक्षण अस्पताल र ए एण्ड बि केयर इन्टरनेश्नल हस्पिटलमा कार्यरत जनरल सर्जन डा. विश्वदिप तिमिल्सिनासंग कुराकानी गरेका छौँ । उहाले दुरविन पद्धतीबाट उपचार गर्दै आउनुभएको छ भने पायल्सको उपचार लेजर प्रविधिबाट गर्दै आउनुभएको छ । उहाँसंग गरिएको यो कुराकानी हेर्नुहोस :

प्रतिक्रिया