अमरराज नहर्की ,डुम्रे, मङ्सिर २८ गते । तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रे, चिसापानीमा प्रथम आदिवासी जनजाति बन्दीपुर सांस्कृतिक एवं पर्यटन महोत्सव २०७६ हुने भएको छ । बन्दीपुरमा आदिवासी जनजातिको सङ्ग्रालय निमार्णमा मद्धत पु¥याउने मूख्य उद्धेश्यले हुन महोत्सव गर्ने निर्णय भएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ बन्दीपुर समन्वय परिषदले जनाएको छ । महोत्सव मुल समारोह समितिले शनिबार डुम्रेमा पत्रकार सम्मेलन गरी यही पुस ११ देखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
बन्दीपुरमा पर्यटकलाई थप आर्कषित गर्न सास्कृतिक सङ्ग्राहलय निमार्ण शुरु भईसकेको त्यसलाई मद्धत पु¥याउने प्रमुख उद्धेश्यले महोत्सव गर्ने निर्णय भएको नेपाल आदिवासी जनजाति महाङ्घ बन्दीपुर समन्वय परिषदका अध्यक्ष एवं महोत्सवका संयोजक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार आदिवासी जनजातिको भाषा,कला, रहन, सहन सस्कृति आदिलाई प्रवद्धन र संरक्षण गर्ने , कृषि धर्म, साहित्य, कला, सास्कृतिक पर्यटन प्रवद्धन गर्नु साथै सास्कृतिक विविधता एवं प्राकृतिक स्रोत र साधनको प्रवद्धन गर्ने लगायतको महोत्सवको थप उद्धेश्य रहेको छ ।
महोत्सवका निर्देशक धुब्रलाल प्रधानका अनुसार पदयात्रा, जलविहार, गुफा अवलोकन, धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण, हेलिकप्टरबाट दृश्य अवलोकन महोत्सवको आकर्षण हुने भएका छन् । महोत्सवमा व्यापारिक तथा स्थानीय सामाजिक सङ्घ सस्थाको सहयोग र सहभागितामा गर्न लागिएको महोत्सवका निर्देशक एवं प्रचारप्रसार समितिका संयोजक सुबोध अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रका १ सय वटा स्टल राखिने महोत्सवका प्रवक्ता परशुराम अधिकारीले जानकारी दिनुभयो । स्थानीय उत्पादनहरु मास, अदुवा, सुन्तला, खसीबोकाको प्रवद्र्धन गर्न किसानहरुलाई प्रोत्साहित गरिने महोत्सवको निर्देशक सरिता पियाले बताउनुभयो । नेपाल टेलिकम डुम्रे शाखाका उपप्रमुख निरज सिलवालले दर्शकलाई १ टिकेट १ सिमकार्ड वितरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । महोत्सव अवधिभर ५ हजार सिमकार्ड वितरण गर्ने लक्ष्य राखिएको र फोरजि एक्टिभ भएको सिम वितरण गरिने जानकारी उपप्रमुख सिलवालले दिनुभयो ।
१ लाख दर्शकले महोत्सव अवलोकन आयोजकले अपेक्षा लिएको छ । अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ सांस्कृतिक महोत्सव गर्न लागिएको सचिवालय संयोजक राजु खड्गीले जानकारी दिनुभयो । महोत्सवको संरक्षकमा बन्दीपुर गाउँपालिका रहेको छ । पत्रकार सम्मेलनमा बन्दीपुर गाउँपालिकाका प्रवक्त धुब्र लामिछाने, वडा नम्बर १ का वडाध्यक्ष भानुभक्त पोख्रेल, नेपाल मगर सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सिदान्त गर्जामगर लगायतले महोत्सवले नेपाल भ्रमणवर्ष सन् २०२० को सन्दर्भमा प्रचार÷प्रसारमा टेवा पुगि पर्यटन प्रबद्धर्नको लागि मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । डुम्रे बजार यस क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र मानिन्छ । मनाङ,लम्जुङ, गोरखा र तनहुँ प्रत्यक्ष सम्पर्कमा रहेका छन् ।
प्रतिक्रिया