राज्यले ल्याएको कर निति उद्यागी व्यवसायीहरुको हितमा छैन् : केन्द्रिय सदस्य सुमार्गी

इनेप्लिज २०७६ मंसिर २८ गते ११:५९ मा प्रकाशित

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले राज्यले ल्याएको कर निति उद्यागी व्यवसायीहरुको हितमा नरहेको बताउनु भएको छ । आज धादिङ उद्योग बाणिज्य संघको २६ औं साधरणसभालाई सम्वोधन गर्दै सुमार्गीले यस्तो बताउनु भएको हो । उहाँले धादिङ बाटै आफुले नेपाल उद्योग बाणिज्य संघको केन्द्रिय राजनिती सुरु गरेको र धादिङले नै आफुलाई आशिर्वाद दिएको महशुस हुने बताउनु भएको छ । त्यही ठाउँबाट आफुले उद्योग बाणिज्य संघको केन्द्रिय राजनितीमा प्रबेश गरेको हुनाले धादिङमा हुने कुनै पनि साधरणसभा सकेसम्म आफुले नछुटाउने गरेको उहाँको भनाई थियो ।

उहाँले तिन तहको राज्य संरचना बनेपछि जिल्ला तथा नगरहरुमा भएका समस्याहरुका बारेमा अन्योलता सुरु भएको बताउनु भएको छ । सरकारले सिंहदरबार गाउँमा गाउँमा पुग्यो भन्दै गर्दा जिल्ला स्तरमा सरकार र ब्यवसायी बिच तादाम्यता नमिलेको भन्दै समन्वय र सहकार्यमा जोड दिनु पर्ने बताउनु भयो । जिल्लामा हुने मेला महोत्सबहरु ब्यबसायीक क्षेत्रबाट हुनुपर्ने बताउदै उहाँले राज्यबाट जिल्ला नगरलाई यसको अनुमती र अधिकार दिनु पर्ने बताउनु भयो । उधोगी ब्यबसायीहरु भगौडा शैलिमा समातिने गरेको ब्यथितीलाई सुझार गर्न माथिल्लो तह तप्काका ब्यबसायीहरुको काँधमा आईपरेको बताउनु भयो ।

योगदानमा आधारीत सरकारले ल्याएको निति अझ अस्ष्ट रहेकोमा यसले जिल्ला नगर हुदै मजदुर सम्मलाई खुसी पार्न नसकेकोमा आफुलाई दुख लागेको बताउदै जिल्ला नगर उधोग बाणिज्य संघमा सफल र सबल नेतृत्वको आवाश्क रहेको बताउनु भयो । स साना ब्यबसायीक अष्पष्ठतामा हामी अल्झि रहेको बताउदै यसलाई नेपाल उधोग बाणिज्य महासंघको नेतृत्व तहले सच्याउन भुमिका खेल्नुपर्ने सुमार्गीले बताउनु भयो ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलकोप्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्रि जमकटेलले प्रदेश सरकार ब्यबसायीक नितिहरु अबलम्बन गर्न लागीपरेको बताउदै निजिक्षेत्रका ब्यबसायीहरुलाई करको दायरामा आएर काम गर्न आग्रह गर्नु भयो । राज्य सधै निजि क्षेत्रको हकहितका लागी लाग्दछ तर निजिक्षेत्रले पनि राज्यको भावना बुझेर काम गर्न आग्रह गर्नु भयो । धादिगउधोग बाणिज्य संघका अध्यक्ष रुद्र बा खत्रीको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका पुर्ब अध्यक्ष चण्डीराज ढकालको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा एशोसियट उपाध्यक्ष चन्द्र ढकाल,जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान,प्रदेश ३ का अध्यक्ष दिनेश क्षेष्ठ लगाएतले आ आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया