गहिराईमा म

सुभद्रा पराजुली,भर्जिनिया २०७६ मंसिर २६ गते २३:०६ मा प्रकाशित

म सोचिरहेछु,दिमागका पट्रीहरू छालझैं तँछाड मछाड
मानौं समुद्रको ज्वारभाटा जुनेली रातमा छल्किए झैं छन्

कतै थोरै शान्त, कतै वेगवान बनेर यत्रतत्र विचरण मा
विगत, वर्तमान र भविश्यलाई एकै ठाउँमा घोल्दै,

कहिले भोगाईका आवरणहरू, कहिले श्रवणका प्रतिध्वनिहरू तँछाड मछाड गर्दै, शान्त तलाउ तंरगित पारिहरेछन्,
अन्तर कुन्तरका अणु अनि परमाणुहरू यावत झमेलामै उल्झिएका छन्

सोचि रहने सोचाई र भोगि रहने भोगाई मनका वेगहरूको समिश्रण ग्लासभरि भरिएको “मार्गरिटा” जस्तो
आवेगमा राक्षस अनि संयमतामा देवता बन्ने मानविय ब्यबहार जस्तो

कोल्टे फेरेर बदल्न खोज्यो वर्तमान त आँखा भन्दा कोशौं दुर छ
खाली बिगत र भविश्यका फ्लासब्याकहरू मीठो संझना बनेर,

उल्टुंड. पुल्टुड. गर्दै मेरा खुशी र दु:खका उचाईहरूनापि रहेछन्
म मग्न भएर त्यसैमा पौडिदैं, डुबुल्की मार्दै जिवनको आयातन नापी रहेछु,

मानसपटलका अनगिन्ति खोबिल्टाहरूमा साँच्चै भर्ने पर्नेछन् त्यसैले सकरात्मक उर्जाका विउहरू धमाधम रोपि रहेछु,
अंकुरित हुँदैछन् बाँकी पनि, चिसो छलिसके अबकुनै तुषारोले मार्ने छैन,

असल मनको सफल साथी आँफैभित्र जन्माई रहेछु
सपनाको सानो संसार आफ्नै मनमा बनाई रहेछु !!!

प्रतिक्रिया