बिहीबार, माघ ९ २०७६
काठमाडौं ११:४४
वासिङटन डिसी 00:59

भारत छिरेका बलात्कार अभियुक्त ६ महिनापछि पक्राउ

इनेप्लिज २०७६ मंसिर २६ गते १०:५६ मा प्रकाशित

इटहरी, २६ मंसिर । सुनसरीको इटहरीमा एक युवतीलाई बलात्कार गरी भारत फरार रहेका अभियुक्तलाई ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–२० मा सन साहेव फर्निचर सञ्चालन गर्ने २४ बर्षिय राजेशकुमार मेहताविरुद्ध बलात्कार गरेको, भारतीय नम्बरबाट धम्की दिएको उजुरी इलाका प्रहरी कार्यालयमा परेको थियो ।

ति युवतीलाई इटहरी–१९ मा गएको १८ जेठमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । २४ मंसिरमा पक्राउ गरी उक्त अभियोगमा ५ दिन म्याद थपेर अनुसन्धान जारी रहेको इप्रका इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

अभियुक्त मेहताले भारतीय नम्बरबाट फोन गरी प्रहरीमा उजुरी दिए पीडितलाई ज्यान मार्ने धम्की समेत दिँदै आएका थिए ।

प्रतिक्रिया