निर्देशक समाजको निर्वाचनमा अध्यक्षमा पुन: सुचित्रा श्रेष्ठले जित्नै पर्ने कारणहरु

इनेप्लिज २०७६ मंसिर २६ गते ०:२४ मा प्रकाशित

काठमाडौँ : नेपाल चलचित्र निर्देशक समाजको आसन्न निर्वाचनमा बाहिर बजारमा सुचित्रा श्रेष्ठको विषयमा गलत हल्ला फैलाईए पछि निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठलाई जिताऔँ भन्ने पेजबाट सुचित्रा श्रेष्ठले किन पुन निर्वाचन जित्ने भन्ने कारणहरु सार्वजनिक गरिएका छन् ।

पहिले कार्यसमितिको आन्तरिक विवादका कारण सोचे जस्तो काम गर्न नसके पनि लोकप्रिय केही कार्यक्रमहरु भने सुचित्रा श्रेष्ठले गरेकी छिन् । जुन हालसम्मका अध्यक्षहरु र चलचित्र क्षेत्रमै उत्कृष्ट छन् । हवाई उडानमा निर्देशकलाई छुट ,शिक्षामा निर्देशको परिवारलाई छुट ,औषधि उपचारमा निर्देशकका परिवारलाई छुट सहित विभिन्न कार्यक्रम गरेको श्रेष्ठले आफैले समाजलाई लोन तथा अनुदान गरि करिव १० लाख आर्थिक सहयोग समेत गरेको देखिन्छ ।

केहि प्रोजेक्ट पाईपलाईनमा रहेकोले आफैँ उठ्नै पर्ने वाध्यता रहेको उनको भनाई छ । निर्देशक समाजको आफ्नै भवन, अनि समाजको आफ्नै अक्षयकोषको सपना बोकेकी नेपालकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठलाई हराउन केहि चलचित्रकर्मीहरु गल्ली गल्लिमा बैठक बस्न सुरु गरेका छन् ।

निर्देशकप्रीय श्रेष्ठलाई हराउन निकै कठिन रहेको चलचित्रकर्मीहरु बताउछन। निर्देशक समाजको आफ्नै चलचित्र निर्देशन ईन्सीच्युट सहितको सपना देखेकी श्रेष्ठका यस्ता छन् योजनाहरु ।

निर्देशक समाजका पुर्व अध्यक्षहरु र ६० बर्षमाथिका निर्देशक सदस्यहरुलाई मानार्थ निशुल्क आजीवन सदस्यता प्रदान गर्ने साथै समाजले प्रदान गर्ने सेवामा समेत सेवा शुल्क छुट गर्ने जुन सम्पन भई रहेको ।

१) निर्देशक समाजको आफ्नै भवन, आफ्नै चलचित्र निर्दैशन ईन्सीच्युट, र करौडौँको अक्षयकोष स्थापना गर्ने ।
२) निर्देशकको हकहितमा बर्तमान समाजले गर्ने सम्पुर्ण कार्यहरुलाई छिटो र विना झन्झट सम्पन्न गर्ने व्यवस्था मिलाउने ।
३) निर्देशक सदस्यहरुको हितमा निर्देशक सामाजबाटै सञ्चालन हुने गरि न्युज अनलाईन सञ्चालन गर्ने ।
४) निर्देशक समाजको आफ्नै कार्यलय स्थापनाको लागि कार्य अघि बढाउने ।
५) युवा चलचित्र निर्देशकलाई प्राथमिकतामा राख्दै हरेक स्थानमा युवाको सहभागिता बढाउने ।
६) चलचित्र क्षेत्रको विकासको लागि दर्शकको सल्लाह र सुझाब संकलन गर्दै देशव्यापी कार्यक्रम
आयोजना गर्ने ।
७) नयाँ प्रविधीको विषयमा निर्देशक सदस्यहरुको सहभागितामा विभिन्न कार्यक्रम गर्ने ।
८) चलचित्र बक्स अफिस प्रणाली लागु गर्न पहल गर्ने ।
९) निर्देशक समाजले सम्पादन गर्ने कार्यमा भएका गुनासो सुन्ने व्यवस्था गर्दै कार्यमा सुधार गर्दै लैजाने ।
१०)चलचित्र निर्देशक समाज लाई अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने ।
११) नयाँ निर्देशक बन्न चाहने मु.स.नि.को हकमा आवश्यक्ता अनुसार निर्देशक समाजले नै डिरेक्सन कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
१२) निर्देशकको मनोवलमा बृदी गर्न निर्देशनका फरक फरक विधाहरुलाई लक्षीत गर्दै ‘निर्देशक समाज चलचित्र निर्देशन अवार्ड‘ सञ्चालन गर्ने ।
१३) सबै निर्देशक सदस्यहरुको राय रसल्लाहलाई समेट्दै निर्देशक समाजलाई अगाडि बढाउने ।

मेरो भिजनमा छुटेका र तपाँईले समझाउनुभएका कार्यलाई पनि समेट्ने कोशिस गर्नेछु । यसपटकको चुनावमा मतदान गरि सहयोग गर्नु हुन अनुरोध गर्दै पुर्ण सहयोग गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु, श्रैष्ठले बताईन ।

प्रतिक्रिया