शुक्रबार, साउन २३ २०७७
काठमाडौं ०१:३१
वासिङटन डिसी 15:46

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

इनेप्लिज २०७६ मंसिर २५ गते ७:५९ मा प्रकाशित

काठमाडौँ । लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ ।

आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो ।

पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र खुल्लातर्फ धेरै संख्यामा आवेदन माग गरेको छ ।

आयोगको सूचनाअनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ गरी एक हजार ८१ जना रहेको छ ।

प्रतिक्रिया