नेपाली ब्यबसायी संघ कतारद्धार राजदुतलाई स्वागत

भोला थापा क्षेत्री २०७६ मंसिर २० गते ११:३३ मा प्रकाशित

भोला थापा क्षेत्री, दोहा । नेपाली ब्यबसायी संघ कतारले कतारका लागि नेपाली राजदुत महामहिम नारद नाथ भारद्वजलाई एक कार्यक्रम बिच भब्य स्स्वागत गरेको छ । संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाइ सभापतित्वमा गत ५ डिसेम्बरका दिन एक भब्य कार्यक्रम गर्दै राजदुत भारद्धजलाई स्वागत गरेको हो ।

कार्यकर्ममा मंतव्य राख्दै प्रमुख अथिति महामहिम राजदुत नारदनाथ भारद्वजले नेपाली ब्यबसायी संघ कोनेपाल कतार बिचको सम्बन्ध र नेपालीहरुले गरेको योगदानको प्रसंशा समेत गरेका थिए ।

उनले नेपाली समुदाय र नेपाली ब्यबसायीहरुले दुइ देश बिचको सम्बन्ध लाइ उचाइमा पु¥याउन खेलेको भुमिका प्रति खुशि ब्यक्त गर्दै भिजिट नेपाल २०२०लाई सफल बनाउन नेपाली ब्यबसायी संघ कतारलाई आग्रह समेत गरेका थिए । यसै गरि संघका संरक्षक देब काजि डंगोलले अब नेपाली ब्यबसायिहरु देशको आर्थिक क्रान्तिका लागि प्रवासबाटै लागि पने बताए ।

यसै गरि सभापति तथा संघका अध्यक्ष महेन्द्र चौलागाइले नेपाली ब्यबसायी संघले नेपाली नियोग संग सदैब सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले थपे “बिदेशी लगानी देशमा भित्राउन ब्यबसायीहरु लागि परिरहेको छ यसको लागि दुतावासको सहयोगको अपेक्षा राखेका छौ” चौलागाईले भिजीत नेपाल २०२० लाई सफल बनाउन दुतवास संग सहकार्य गर्दै अगाडी बढ्ने बताउदै कार्यक्रम व्यबस्थापन गर्ने कोषाध्यक्ष चुडामणि कार्कि र सह सचिब रमेश भट्ट लगाएत सम्पुर्ण कार्यसमितिलाइ धन्यवाद समेत दिएका थिए ।

उक्त कार्यकर्ममा उपनियोग प्रमुख लक्ष्मण खनाल दुतावासका सम्पुर्ण कर्मचारी लगाएत एन आर एन ए आइ सि सि सचिब आर के शर्मा एन आर एन ए मध्यपुर्ब संयोजक प्रविण गुरुङ, एन आर एन ए आइ सि सि सल्लाहकार टि बि कार्कि लागाएत समाजका बिभिन्न ब्यक्तित्वको उक्त कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम महासचिब सागर नेपालले सन्चालन गरेका थिए भने उपाध्यक्ष आर के शर्माले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया