७५ वर्षको उमेरमा यस्तो जाँगर ! पोखराका विश्वनाथको करेसाबारीमा जाँदा यस्तो देखियो

इनेप्लिज २०७६ मंसिर १६ गते ११:५१ मा प्रकाशित

सरकारी जागिरबाट रिटायर्ड भएका ७६ वर्षिय विश्वनाथ पराजुली आजसम्म पनि माटोमा आफ्ना नङ्ग्रा खोस्रीरहेका छन् । उनको पोखरा ५ पस्र्याङ स्थित घरमा पुग्दा अचम्म लाग्दो दृश्य देख्न सकिन्छ । उनको घरमा तरकारी र फलफुलको निकै राम्रो बगैचा छ ।

तरकारी नभई खानै खादिन, तरकारी किनेर खादै खादिन भन्ने विश्वनाथले घरमानै आफुलाई पुग्ने तरकारी मात्र उत्पादन गरेका छैनन् व्यवसायीक रुपमा नै उनले तरकारी र फलफुल खेती गरेका छन् । उनि भन्छन् – “उत्पादन नगर्नेहो भने कसरी खाने, कसरी बाँच्ने ? उत्पादन त गर्नै पर्छ । ”

धेरै वर्षसम्म कृषि क्षेत्रमा काम गरेका पराजुलीले सफा र शुद्ध तरकारी उत्पादन प्रवर्धन गर्न “तरकारी नभै खाना खान्न, तरकारी किनेर खान्न” अभियान चलाए। घरघरमा गएर विउ वितरण गरे र भने, “तराकारी रोपौं, पैसा बचत गरौं, छोराछोरी पढाऔं”। उनी भन्छन्, जग्गा हुँदै नभए, कौसी खेति गरेर पनि ठूलो हदसम्म विषादीरहीत तरकारी खान सकिन्छ र पैसा पनि बचत गर्न सकिन्छ।

प्रतिक्रिया