घुम्टोउठाई बादलुले आँखा खोले हुन्थ्यो
भकान्नियो मात्रै किन रोईदिए हुन्थ्यो
बज्रसरि चट्टानबनि अध्यारोमा रूमल्लिदै
बर्सिएको उन्मादमा झुम्न पाए हुन्थ्यो!
मदिरामा मस्तडुबी सुस्तसुस्त झुमेसरि
एकछिन रोधन एकछिन हांसो समालेर छातीभरि,
मस्त गगन चिसो पवन हल्लिएका हाँगाहरू
उदांगिएका पतझडहरू छोप्न पाए हुन्थ्यो!
निलो गगन बृद्धबनि जवानीमै ओइलिएछ,
धर्तिफेरि कठ्याङ्रिने संघारमा अल्झिएछ,
लुटिएको अश्मीता झैं कुम्लोपरी पातहरू,
बशन्तको पर्खाईमा न्याउरिएर सुस्ताएछ!
सल्वलाए आँखाहरू रंगिन उसको रूप देख्न
जुर्मुराए औलाहरू उस्कैलागि गित लेख्न
मेरो मन नि हतास भयो प्रकृतिको कुरूपतामा
रम्नखोजें आफैंअनि एककप चियाको सुरूपतामा !
प्रतिक्रिया