बाटो बनाउँदा ५ जनाको एकै चिहान, डोजरले निकाल्यो शब, प्रत्यक्षदर्शीले बताए बास्तविक कुरा (भिडियो

इनेप्लिज २०७६ मंसिर १५ गते १२:४४ मा प्रकाशित

पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरेर पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगर–२० मौजा, बिसौनामा नाली खन्ने क्रममा आइतबार बिहान पौने ९ बजे माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पाँचै जनाको शव निकालिएको छ । र पोष्टमार्टमका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पुरिनेमा गणेश वली, खिमलाल वली, जितबहादुर बस्नेत, चोभान बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् । उनीहरु सबै सल्यान जिल्ला बागचौर ४ का हुन् । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो । सातजना कामदार रहेको भए पनि ढिस्को खस्न थालेपछि दुईजना भागेका थिए ।

 

प्रतिक्रिया