यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक

इनेप्लिज २०७६ मंसिर १४ गते ११:१८ मा प्रकाशित

काठमाडौं। नेपाली आधुनिक गीत–संगीतमा बुनियाद यथार्थवादी गीतकारको रुपमा पहिचान कायम गर्दैआएका गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

म रोएको पल बोलको गीतको म्युजिक भिडियो डीपी दाहाल परिश्रमी युट्युब च्यानलवाट विश्वव्यापी मंसीर १३ गते शुक्रवारवाट रिलिज भएको हो। डिलाइटेट म्युजिक कंपनीले उत्पादन गरेको यस गीतको भिडियोमा यथार्थवादको बास्तविक कथा बुनिएको छ।

राजेश कैदीको संगीत र सुमन केसीको गायन रहेको यस गीतको भिडियोमा एसराज, फिजा योञ्जन, सुदीप भट्टराई लगायत गीतकार डीपी दाहाल परिश्रमीले पनि विशेष भूमिकामा निर्णायक अभिनय गरेका छन्।

नेपाली चलचित्रका अग्रज नृत्य–निर्देशक कमल राईको निर्देशनमा तयार भएको यस भिडियो चलचित्रको गीत जस्तै गजब बनेको छ। नेपाली चलचित्रकै अग्रज छायाँकार शिव ढकालको छायाँकन रहेको यस भिडियो मार्मिक तथा यथार्थपरक रहेको छ।

प्रतिक्रिया