झरि अनी बादल् को माया उस्तै उस्तै

गोमा न्यौपाने ,भर्जिनिया २०७६ मंसिर ११ गते २२:४७ मा प्रकाशित

झरि अनी बादल् को माया उस्तै उस्तै
गाउ बेसी शहर को केनै कुरा गरौ साथि ?
आफन्त र पराइको छाया उस्तै उस्तै
आफ्नै कोख् मा हुर्काएका सबै सन्तान् उत्तिकै हुन
छोरा अनी बुहारिको माया उस्तै उस्तै

बुढेस् काल मा दृष्‍टि पनि आखिर्
कमै हुदो रैछ
घाम्को होस् कि जुन् को हवोस्
छाया उस्तै उस्तै
घर होइन तेरो भनी सडकमा छोडिदिए
आखिर् …..!!!!

बटुवाले आमा भन्यो
माया उस्तै उस्तै
घाम् को होकी जून को हो छाया उस्तै उस्तै
आफन्त होस् पराइ होस् माया उस्तै उस्तै

घिन् घिन् बज्ने मादल को ताल उस्तै उस्तै
माझि दाई र आफन्तको जाल उस्तै उस्तै
उसै दिन मेरो कर्म छैटी ले लेख्यो भने
किन मान्छौ बिस्मात् लौ

गोधुलिको सुर्यलाई टाकुराले छेक्यो भनी
तिमी अनी म पौडिने ताल उस्तै उस्तै
फलाम् को गोटी राखी चारो झुन्ड्याएको
तिमी अनी म फस्ने माझि जाल उस्तै उस्तै

गोमा न्यौपाने ,भर्जिनिया

प्रतिक्रिया