गीतकार गदालले ल्याए रौँ ठाडो हुने देशभक्ति गीत

इनेप्लिज २०७६ मंसिर १० गते ०:५२ मा प्रकाशित

नेपालको अस्तित्वमाथि सधैं धावा बोल्ने भारतीय रबैया यसपटक फेरी औपचारिक रुपमा देखा परेको छ । कैले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेर, कहिले अमानवीय रुपमा नाकावन्दी थोपरेर वा हाम्रो खुल्ला सिमानाको नाजायज फाइदा उठाउँदै सिमानाको जग्गा मिचेर आफ्नो बनाउन खोज्ने दुश्प्रयास गरिरहेकोमा पछिल्लो पटक नेपालको पश्चिम सिमानाको हिमाली क्षेत्र (लिम्पियाधुरा, लिपुलेख र कालापानी) आफ्नो नक्शामा सार्बजनिक गरेपछि नेपालीको तातो रगत पुनः एकपटक उम्लिन गएको छ । यस मामलामा नेपालका नेताहरु मौन छन् तर विश्वभरिका देशभक्त नेपालीहरु विभिन्न ठाउँबाट जुर्मुराएका छन् । यसै सन्दर्भमा गीत संगीत मार्फत भारतलाई चुनौती दिंदै राष्ट्रिय कलाकारहरु एकपटक उठेका छन् ।

गीतकार ज्ञानेन्द्र गदालको रचना र युवा सगीत्स्कार चेतन सापकोटाको संगीतमा तयार पारिएको यो देशभक्ति गीतमा लोकप्रिय गायक यम बराल र रीता गुरागाईंले स्वर दिएका छन् । राष्ट्रिय स्तरका बृहत कलाकारहरुको ऐकबद्धता सहित वहाँहरुकै अभिनयमा तयार पारिएको भिडियो गीत युट्युब मार्फत यहाँ प्रश्तुत गरिएको छ ।

सिमाना नमिच

सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज ।
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
==
विश्वभरि मानवताको रक्षा गर्ने हामी
वीरताको नाम कमाइ चम्किएका हामी
गोर्खालीको सन्तति हौँ सबैका हौँ मित्र
गिद्धे दृष्टि पर्न दिन्नौं, मेची-काली भित्र ।
सुर्यलाई हत्केलाले छेक्न नखोज
हाम्रो माटो आफ्नो पारि चेप्न नखोज
ताप्लेजुङ्गको फाटक अनि, टनकपुर माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
==
कसले दियो तिमीलाई, हाम्रो कालापानी
तिम्रो नक्शाभित्र किन, पार्यौ जानी
बेच्ने को हो तिनलाई पनि, नाङ्गेझार पार्छौं
आफ्नो देशको सिमानामा काँडेतार बार्छौं ।
नेपालीलाई बिना कारण हेप्न नखोज
हाम्रो माटो हडेपेर जोत्न नखोज
सुस्ता, महेशपुर अनि, मानेभंज्यांग माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।
==
हिमाल पहाड तराइ मधेश सबै उठ्नुपर्छ
देशको सीमा जोगाउन हामी जुट्नुपर्छ
बर्षौं देखि मिचिएको हाम्रो देशको माटो
एक-एक हिसाब गरि सबै फिर्ता लिन्छौं ।
सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज ।
लिम्पियाधुरा लिपुलेक र कालापानी माथि
तिम्रो दुष्ट पाइला अब टेक्न नखोज ।

प्रतिक्रिया