मधुमेय रोगीको जिवन कसरी चलेको हुन्छ ? सुगर लागे पनि यस्तो खुसी आखीर कसरी ?

इनेप्लिज २०७६ मंसिर ८ गते ५:०१ मा प्रकाशित

 

सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ। यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो।

तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइनकि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो।

जे जति हामीले खान्छौ पिउँछौ (चाहे त्यो आलु होस्, भात होस्, ढिँडो, चाउचाउ, च्याख्ला, बिस्कुट जे सुकै होस्) सबै कुरा पेटमा गएर बन्ने सुगर नै हो। हाम्रो बुझाई गलत छ।

सुगर हुनेले यो खान हुन्न त्यो खान हुन्न भनिन्छ। सुगर भनेको भात खान नहुने रोग भन्ने प्रचलन अझ बढी छ। आलु खान नहुने भनिन्छ। यो सबै गलत हो।

प्रतिक्रिया